३ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

झापा गोल्डकप : मलेसिया पहिलो खेलबाटै बाहिरियो

माघ २९, २०८२, १२:४७ .बिहिबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २९ माघ । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ ।

सुरुवाती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो । दोस्रो हाफको अधिकांश समय बल पोजिसन राखे पनि मलेसियाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट घर फर्किएको छ ।

खेलको १९ औँ मिनेटमा मछिन्द्रले अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको बलले मलेसियाका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।

मछिन्द्रले दोस्रो गोल ८० औँ मिनेटमा लगायो । मछिन्द्रका लागि विदेशी खेलाडी जोनाथन जोरिल्लाले दोस्रो गोल गरेका थिए । मलेसियाका डिफेन्डर मार्टिन डामिलोलेको खुट्टाबाट फुत्किएको बललाई जोरिल्लाले चिप गर्दै गोल गरेका हुन् ।

मलेसियाका लागि एक मात्र गोल खेलको ६० औँ मिनेटमा जोन जिडेइनाले गरे । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उनले गोलमा परिणत गरेका थिए ।

खेलको ३५ औँ मिनेटमा मछिन्द्रका प्रदिप बुढाथोकीले वान भर्सेस वान गोल फिनिसिङ गर्न नसक्दा गोल अन्तर बढाउने मौका गुमाएको थियो । खेलको ८८ औँ मिनेटमा मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङको प्रहार क्रसबारमा लागेर बाहिरिँदा गोल अन्तर तेब्बर बनाउने अवसर गुमेको थियो ।

मलेसियाका डेभिड ओलाएकोे प्रहार मछिन्द्रका गोलकिपर श्रेष्ठले रोक्दा बराबरी गोल गर्न चुकेको थियो । अतिरिक्त समयमा जोन जिडाइनाको प्रहार पोष्टमा लागेर फर्किदा मलेसिया खेलमा कम ब्याक गर्न असफल भएको थियो । खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

शुक्रबारको पहिलो सेमिफाइन खेल आयोजकको टिम झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच हुनेछ ।

यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ । त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

पछिल्लो समाचार

एपिएफ सेमिफाइनलमा

अघिल्लो समाचार

मेचीनगरमा भकभके संघको शाखा गठन, संयोजकमा दंगाल

Related Posts

पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार
कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`
banner -2

कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`

बैशाख १, २०८३, ९:५१ .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

वैशाख २९ गतेभित्र एसईईकाे नतिजा आउने

बैशाख १, २०८३, ९:३३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.