२१ जेष्ठ २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

झापाकाे १२ पालिका घुम्ने  तयारीमा ५० जना ´साइकल यात्री`

फाल्गुन १०, २०८२, ४:०४ .आइतवार
0
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० फागुन । झापा साइक्लिङ क्लबले स्थापनाको पहिलो भव्य कार्यक्रमको रुपमा ´घुमौं झापा साइकल`मा आयोजना गर्ने भएको छ ।

कार्यक्रम दुई रात तीन दिनको हुनेछ । कार्यक्रम फागुन ३० गते, चैत १ र २ गते हुने क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए ।

दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम अन्तर्गत झापाका विभिन्न १२ पालिकाहरुको यात्रा गरिनेछ ।

पहिलो दिन ६० किलोमिटरको यात्रा तय हुनेछ । जसमा मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबारी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका सचिव हिमाल खरेलले जानकारी दिए ।

पर्यटन कार्यालय काँकरभिट्टाबाट सुरु हुने यात्रा बाहुनडाँगीकाे ४९ धारा-मदन भण्डारी राजमार्ग, बर्ने चिया बगान-अर्जुनधारा जलेश्वरधाम-अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुनखाडी सिमसार भएर दोमुखामा टुंगिनेछ ।

दोस्रो दिन ८० किलोमिटरको यात्रा हुनेछ । दोमुखाबाट सुरु भएको यात्रा माईधार-चिल्लागढधाम-शिवगञ्ज बजार-चौरी-हुलाकीमार्ग-झापा बजार-राजगढ-जलथल जंगल बनियानी हुँदै नेपालकै होचो स्थान कचनकवल पुगेर बनियानी बजारमा यात्रा टुंगिनेछ ।

तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ । बनियानीबाट किच्चकबध-भद्रपुर-हल्दिबारी हुँदै विराटपोखरी भएर बिर्तामोडमा ‘घुमौं झापा साइकलमा’ कार्यक्रमको अन्त्य हुने अध्यक्ष श्रेष्ठले बताए ।

यात्रामा ५० जना साइकलयात्री, २० जना गाइड, मेकानिक र स्वयमसेवक रहनेछन् । कार्यक्रममा कम्तिमा २० प्रतिशत महिला र २० प्रतिशत झापा बाहिरका सहभागी हुनेछन् ।

झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न, पूर्वी नेपालमा दिगो पर्यटन प्रवद्र्धन गर्न, साइकल मार्फत स्वस्थ र सक्रिय जीवन शैलीलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको खरेलकाे भनाई छ ।

त्यस्तै, महिला तथा युवाको बाहिरी तथा साहसिक गतिविधिमा सहभागिता बढाउन, आन्तरिक तथा बाह्य पर्यटन, स्थानीय अर्थतन्त्र (होटल, होमस्टे, भोजन सेवा) लगायतलाई सहयोग पुर्‍याउन, सीमा क्षेत्र, धार्मिक स्थल, सिमसार क्षेत्र तथा ग्रामीण भू-भागलाई जोड्दै झापालाई एक साइकलमैत्री गन्तव्यको रूपमा चिनाउन पनि कार्यक्रम गर्न लागिएको बताइएकाे छ ।

त्यस्तै कार्यक्रम मार्फत झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र उदीयमान पर्यटन मार्गहरूलाई उजागर गर्दै साइकललाई वातावरणमैत्री र समावेशी पर्यटन माध्यमको रूपमा स्थापित गर्न खोजिएको छ ।

कार्यक्रमको मुख्य प्रवर्तकको रुपमा पर्यटन कार्यालय काँकरभिट्टा  रहेको छ ।

पछिल्लो समाचार

चुनाव सार्नु पर्ने राप्रपा अध्यक्ष लिङ्देनकाे माग

अघिल्लो समाचार

‘इमानदारीपूर्वक काम गर्दा जनताले मागे भन्दा धेरै काम गर्न सकिन्छ’

Related Posts

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम
banner

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम

जेष्ठ १९, २०८३, १:५० .मङ्लबार
प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
box -1

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार
२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट
banner

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट

जेष्ठ १५, २०८३, १२:४८ .शुक्रबार
महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित
box -1

महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित

जेष्ठ १४, २०८३, ११:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.