मेचीनगर, १३ फागुन । झापा–१ का उम्मेदवार रामचन्द्र उप्रेतीले भ्रष्टाचार र सुशासनका लागि जनताको सहयोग आवश्यक रहेको बताएका छन् ।
बुधबार मेचीनगर–६ का विभिन्न ठाउँमा घरदैलो कार्यक्रममा नेकपा एमालेबाट उम्मेदवार रहेका उप्रेतीले जनताले सहयोग गरे भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउन सक्दो पहल गर्ने बताए ।
उनका अनुसार आर्थिक पारदर्शीता, भ्रष्टाचार अन्त्य गर्दै शुन्यमा पुर्याउन र देशलाई सुशासनमा ल्याउन मेरोतर्फबाट भूमिका रहनेछ ।
‘सुखी नेपाली, संवृद्व नेपालको सपना पूरा गर्न देश र जनताको पक्षमा शतिसालको रुख जस्तै ठिंग उभिने छु’, इमानदार र स्वच्छ छवि भएका उप्रेतीले भने–‘त्यसका लागि जनताले साथ र सहयोग गरे आफ्नो तर्फबाट इमानदारपूर्वक डटेर सामना गर्ने छु ।’
आज वडा नं.६ को शेर्पा गुम्बाको परिसर, दुर्गा मन्दिर, नकलबन्दा चोक, भट्टराई चोक, मिनी मार्केट लगायतका ठाउँहरुमा घरदैलो कार्यक्रम गरिएको थियो ।
घरदैलो अभियान झापा क्षेत्र नं.१ अन्तरगतको भद्रपुर–९ र १०, बुद्वशान्ती गाउँपालिका–४, ५, ६ र ७ तथा मेचीनगर नगरपालिकाका १५ वटै वडाहरुमा तालिका अनुसार दैनिक विहान ८ वजेदेखि बेलुका ५ वजेसम्म भइरहेको छ ।
अभियानमा एमालेका नेता रविन कोइराला, विष्णु प्रसाई, हरिचरण बानियाँ, भिम खवास, श्रीप्रसाद मैनाली, कृष्ण कनाल, राजु पोखरेल, रमा भण्डारी ढकाल, देवकुमार राई, भुपाल शिवाकोटी, सञ्जु ढुंगेल, राजु कार्की, चन्द्र प्रसाई, कल्पना सिटौला ओली, राजु पौडेल, विशाल गिरी, गोविन्द गिरी, हेमा सिटाैला, राम ओली, रामबहादुर तामाङ, राजकुमार पराजुली, भुपाल ओली, दिनेश शाक्य, दिपेन्द्रराज पाण्डे, सुनिल राजबंशी, समानुपातिककी उम्मेदवार लता प्रसाई लगायत केन्द्रदेखि वडा, टोल र इकाइ सम्मका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनाव आउन अब ८ दिन मात्र बाँकी रहेको छ ।





Discussion about this post