मेचीनगर, २१ फागुन । झापा क्षेत्र नं.१ मा ६३ दशमलव ९५ प्रतिशत मत खसेको छ ।
विहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको चुनावमा झापा–१ मा उच्च श्रोतका अनुसार ८३ हजार ८२२ मत खसेको हो ।
एक लाख ३१ हजार ६७ जना मतदाता रहेको क्षेत्र नं.१ मा ४३ हजार ७८२ जना महिला र ४० हजार ४० जना पुरुष गरी ८३ हजार ८२२ जनाले मतदान गरेका हुन् ।
निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । झापामा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।




Discussion about this post