मेचीनगर, २१ फागुन । विहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको चुनावमा झापामा ६४.२४ प्रतिशत मत खसेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार झापामा करिव ६४.२४ प्रतिशत मत खसेको छ ।
झापाका पाँचै वटा निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भइसकेको छ । झापा–१ मा ८३ हजार ८२२ अर्थात ६३.९५ प्रतिशत, झापा–२ मा ९६ हजार २५३ अर्थात ६५.२५ प्रतिशत, झापा–३ मा ८८ हजार ४४९ अर्थात ६२.७९ प्रतिशत, झापा–४ मा ८३ हजार ४६६ अर्थात ६३.८५ प्रतिशत मत खसेको छ ।
यस्तै झापा–५ मा एक लाख ६ हजार ३७२ अर्थात ६५.११ प्रतिशत मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
मतदान सकिएपछि अहिले मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने तयारी भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गर्ने समय तय गरिनेछ ।
वैठक चाँडै सकिए राति १२ वजेदेखि मतगणना हुनेछ । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । झापामा ७ लाख १३ हजार ५३७ जना मतदाता छन् ।




Discussion about this post