मेचीनगर, २२ फागुन । झापा क्षेत्र नं.१ मा रास्वपाकाे चुनाव चिन्ह घण्टीकाे मत अगाडि रहेकाे छ ।
आज दिउँसो साढे ५ वजे सम्मकाे निर्वाचन कार्यालयकाे प्रारम्भिक परिणाम अनुसार ११ हजार ३६५ गणना हुँदा घण्टीकाे ५६५८, श्रम संस्कृति पार्टीको माटाेले १६९८, नेपाली कांग्रेसकाे रूखले १४८३, नेकपा एमालेकाे सूर्यले १२२८ मत ल्याएकाे छ ।
यस्तै राप्रपाकाे हलाेले २९४, नेपाली कम्युनिस्ट पार्टीको ताराले ११७, मंगाेल नेशनल अग्रनाइजेशनकाे भालेले <span;१५०, नेपाल मजदुर किसान पार्टीकाे मादलले ७, नेपाल जनमुक्ति पार्टीकाे घरले ४, संघिय लाेकतान्त्रिक राष्ट्रिय मञ्चकाे खुकुरीले १८, स्वतन्त्रकाे क्यामेराले ६,
स्वतन्त्रकाे क्यापले १९, उज्यालो नेपाल पार्टीकाे चिमले ६०, जनता समाजवादी पार्टी नेपालकाे छाताकाे १,
नेपाल सदभावना पार्टीकाे पञ्जाले १५ मत ल्याएकाे छ ।
अहिलेसम्म बदर मत ६०७ रहेकाे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरले जनाएको छ ।




Discussion about this post