मेचीनगर, २३ फागुन । झापा क्षेत्र नं.१ मा रास्वपाकाे चुनाव चिन्ह घण्टीकाे मत अगाडि रहेकाे छ ।
शनिबार विहान साढे ११ वजे सम्मकाे निर्वाचन कार्यालयकाे मत परिणाम अनुसार ५३ हजार ३ मत गणना हुँदा घण्टी चुनाव चिन्हकाे रास्वपाकी उम्मेदवार निशा डाँगीले २७,७६७, श्रम संस्कृति पार्टीको माटाे चिन्हका उम्मेदवार केवलराम राईले ७,१५४, नेपाली कांग्रेसकाे रूख चिन्हका उम्मेदवार केशवराज पाण्डेले ६,८१८, नेकपा एमालेकाे सूर्य चिन्हका रामचन्द्र उप्रेतीले ५,३८७ मत ल्याएकाे छ ।
यस्तै राप्रपाकाे हलाे चिन्हका उम्मेदवार प्राेफेसर हेमराज कार्कीले १०४२, नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हका उम्मेदवार इन्जिनियर अशेष घिमिरेले ५९९, मंगाेल नेशनल अग्रनाइजेशनकाे भाले चिन्हका उम्मेदवार शन्ताेष तामाङले ८१०, उज्यालो नेपाल पार्टीकाे बलिरहेकाे बिजुलीकाे चिम चिन्हका नरेशकुमार लावतीले ३४१, नेपाल मजदुर किसान पार्टीकाे मादल चिन्हका हिरण्यप्रसाद भट्टराईले १७, नेपाल जनमुक्ति पार्टीकाे घर चिन्हका खान्द्रु करूवाले १४, संघिय लाेकतान्त्रिक राष्ट्रिय मञ्चकाे खुकुरी तिन्हका मानबहनदुर सावाँ लिम्बुले ८९,
स्वतन्त्रकाे क्यामेरा चिन्हका गणेशकुमार खरेलले १९,
स्वतन्त्रकाे क्याप चिन्हका दुर्गाप्रसाद सावाँ लिम्बुले ७०, जनता समाजवादी पार्टी नेपालकाे छाता चिन्हका रमा मेचेले १७, नेपाल सदभावना पार्टीकाे पञ्जा छाप चिन्हका ओलिन राजबंशीले ६८मत ल्याएका छन् ।
अहिलेसम्म बदर मत २७९१ रहेकाे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरले जनाएको छ ।





Discussion about this post