






मेचीनगर, २६ फागुन । झापाकाे तीन पालिकाकाे ग्रामिण क्षेत्रका महिलाहरूलाई बालविवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरणका लागि मेचीनगरकाे महिला जनचेतना केन्द्रले अचार बनाउने र बजारीकरणकाे विषयमा तालिम दिएको छ ।
दातृ निकायकाे सहकार्यमा केन्द्रले विशेष गरेर झापाकाे कचनकवल, बाह्दशी गाउँपालिका र मेचीनगर नगरपालिकामा विगतदेखि नै महिला हिंसा लगायतका विभिन्न विषयमा काम गर्दै आएको छ ।
महिला हिंसा, विकृति-विसंगति, महिला तथा बालबालिकामाथि हुने विभेद लगायतमा केन्द्र सकृय रहेकाे छ ।
यसपटक ती पालिकाकाे ग्रामीण क्षेत्रका विपन्न, अशिक्षित तथा समाजमा पिछाडि पारिएका समुदायका परिवारलाई मुख्य लक्ष्य बनाएर केन्द्रले तीनवटै पालिकामा बालविवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरण अन्तरगत ७ दिने अचार बनाउने र बजारीकरण सम्बन्धि तालिम दिएकाे हाे ।
केन्द्रकी संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक राधा प्रधान कार्कीका अनुसार महिलाहरूलाई राेजगार बनाएर आत्मनिर्भर बन्न सके धेरै विपन्न समुदायका परिवारकाे जीवनस्तर उस्किने उदेश्यले विभिन्न कार्यक्रम मध्ये अहिले अचार बनाउने र बजारीकरणमा सहयाेग पुगाेस् भन्ने रहेकाे छ ।
बाह्रदशीमा गत माघ २२ देखि २८ गतेसम्म ७ दिन तालिम भएको थियाे । बाह्दशीका उपाध्यक्ष शान्तादेवि शिवाकोटी, वडा नम्बर ७ का वडाध्यक्ष फेदुलाल राजबंशी, वडासचिव दुर्गा अधिकारी, कर्मचारी यशाेदा राजबंशी, सामाजिक व्यक्तिव शिवप्रसाद शिवाकोटी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
केन्द्रकाे बाह्दशीकी सामाजिक परिचालिका पूजा कामतेले कार्यक्रमकाे स्वागत गरेकी थिइन् ।
अचार बनाउने तालिममा १८ जना महिलाहरूकाे सहभागिता रहेकाे थियाे ।
यस्तै कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद राजबंशी, उपाध्यक्ष नवराज भट्टराई, वडा नम्बर ५ का वडाध्यक्ष नुर आलम, याेजना प्रमुख केशव मैनाली, खन्जन राजबंशी लगायतको आतिथ्यता रहेकाे थियाे ।
तालिम फागुन १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको थियाे । तालिममा २० जनाकाे सहभागिता रहेकाे थियाे ।
यसैगरी, मेचीनगर-६ स्थित कनँकरभिट्टामा फागुन १० गतेदेखि १६ गतेसम्म सञ्चालन भएको कार्यक्रममा मेचीनषर नगरपालिकाकि उपप्रमुख मीना पाेखरेल उप्रेती, वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्य भविन्द्र सुब्बा, केन्द्रकि सचिव भुवन सुब्बा लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
२१ जना महिलाहरूकाे सहभागी रहेकाे तालिमकाे स्वागत काेषाध्यक्ष लक्ष्मी खनियाँले गरेकी थिइन् ।
तीन वटै पालिकाकाे तालिमका बारेमा जानकारी कार्यकारी निर्देशक प्रधानले, अध्यक्षता केन्द्रकी अध्यक्ष सीता गुरूङले, स्वागत सदस्य मीरा काफ्लेले र सञ्चालन कार्यक्रम संयाेजक मनिला उप्रेती सुवेदीले गरेकी थिइन् ।
३ वटै तालिमकाे सहजकर्ताका रूपमा व्यवसायी एवम् उद्यमी दिननाथ शिवाकोटीले गरेका थिए ।




Discussion about this post