झापा, ४ चैत । खोटाङकाे केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटना भएको छ ।
काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको जानकारी दिए ।
सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको राईकाे भनाई छ ।




Discussion about this post