



मेचीनगर, ४ चैत । मेचीनगरस्तरीय सहकारी समन्वय समिति संयाेजकमा महिला नेतृ रेनुका डाँगी उप्रेती सर्वसम्मत निर्वचित भएकी छन् ।
बुधबार मेचीनगर नगरपालिकाकाे सभा हलमा सम्पन्न झापा जिल्ला सहकारी संघ लिमिटेडकाे पालिकास्तरीय भेलाले डाँगीकाे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे हाे ।
भेलाले समितिकाे सहसंयाेजकमा रमेश दाहाल, सचिवमा राजकुमार दाहाल(राजु) चयन भएका हुन् ।
यस्तै सदस्यहरूमा पारस ओली, कैलाश भट्टराई, कृष्णकुमारी रिजाल, कृष्णकुमारी सुवेदी, राेश्नी खनाल र गंगादेवी बुढाथोकी रहेका छन् ।
संयाेजकमा निर्वाचित डाँगी समाजसेवी एवम् गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष हुन् ।
समितिकाे कार्यकाल ४ वर्षकाे रहेपनि अब ३ वर्ष मात्र बाँकी रहेकाे छ ।
यसअघिकाे कार्यकालकाे संयाेजकमा वीपी भट्टराई थिए । उनले आफ्नो कार्यकाल कुशलतापूर्वक सम्पन्न गरेका छन् ।
नयाँ समितिका लागि निर्वाचन समिति बनाइएकाे थियाे ।
निर्वाचन मण्डलमा नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्की, सहकारी अभियन्ताहरू केशव वस्नेत, संगीता गजुरेल, वीपी भट्टराई, दुर्गाप्रसाद सापकाेटा लगायत रहेका थिए ।
कार्यक्रमकाे प्रमुख अतिथिमा मेचीनगर नगरपालिकाका प्रमुख, गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमकाे औचित्यमाथि प्रकाश जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।
झापा जिल्ला सहकारी संघकि सदस्य एवम् पालिकास्तरीय मेचीनगर प्रतिनिधि पुष्पा अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत निवर्तमान संयाेजक भट्टराईले सञ्चालन सचिव राजकुमार दाहालले गरेका थिए ।




Discussion about this post