११ जेष्ठ २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेचीनगरमा लैङ्गिक हिंसा रोकथामका लागि काठमाडौंमा समीक्षा

चैत्र ६, २०८२, १:१६ .शुक्रबार
0
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ चैत । मेचीनगर नगरपालिकामा लैङ्गिक हिंसा रोकथामका लागि काठमाडौंमा व्यापक छलफल भएको छ ।

यही चैत ५ र ६ गते काठमाडौंमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको सो परियोजना सम्बन्धी योजना तर्जुमा तथा समीक्षा गोष्ठी सम्पन्न भएको हो ।

विश्व बैंकको लगानीमा सो मन्त्रालय मार्फत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यको लागि एकीकृत सेवा पहुँच परियोजना देशका ६ वटा पालिकामा सञ्चालन भइरहेको छ ।

सो परियोजना मेचीनगर नगरपालिका, उर्लाबारी नगरपालिका, भोटखोला गाउँपालिका, रामग्राम, धनकुटा र तीलोतमा नगरपालिकामा पाइलट प्रोजेक्टका रुपमा सञ्चालनमा रहेको छ ।

समीक्षा गोष्ठीमा ति पालिकाहरुका उपप्रमुख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख र परियोजनाका विज्ञहरुको सहभागिता रहेको थियो ।

गोष्ठीले समाजमा घुम्ती शिविर, समाज रुपान्तरण, सुरक्षीत स्थान, पीडित महिलाहरूलाई अभियानकर्ताको रूपमा परिचालन गर्न परिवारका सदस्य र आफन्तहरूलाई उत्प्रेरित गर्ने, महिलाको आर्थिक सशक्तीकरणका कार्यक्रम तथा बजेटहरू तय गर्ने, चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सहयोग पुर्याउन सक्ने छ ।

मेचीनगरकी उपप्रमुख मीना पोखरेल उप्रेतीले यस्ता विषयमा महिला भन्दा पुरुष बढि जिम्मेवार हुनु पर्ने बताइन् । उनका अनुसार नारीमा पुरुषोत्व र पुरुषोत्वमा नारीत्व हुन्छ । दुईदिने कार्यक्रम फलदायी रहेको उनको भनाई छ ।

महिला माथि हुने सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको हिंसा, जुनसुकै जातजाति, समुदाय र वर्गहरू, ग्रामीण तहदेखि शहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती, पूँजीपति वर्गका महिला समेत पीडित हुने गरेका छन् ।

परापूर्वकालदेखि चलिआएका रुढिवादी सोच, गलत परम्परा, विभेद लगायत कारण महिलाहरू हिंसामा पर्ने क्रम रोकिएको छैन । त्यसैले महिला समानता र समताको कुरा उठ्न थालेको छ ।

जवरजस्ती करणी, बाल विवाह, बहुविवाह, मानव वेचविखन, अपहरण तथा शरिर बन्धक, गर्भपतन, अप्राकृतिक मैथुन, जातीय छुवाछूत, बोक्सीको आरोप, बाल यौन दुरुपयोग, घरेलु हिंसा, हाडनाता विवाह, अभद्र व्यवहार लगायतका घटना लैङ्गिक हिंसामा पर्दछन् ।

कार्यक्रममा मेचीनगरकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जयन्ती खरेल, लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीको सहभागिता रहेको थियो ।

मेचीनगरमा पनि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ ।

उक्त्त कार्यक्रम सञ्चालनका लागि मेचीनगरमा गतवर्ष ४० लाख, चालु आर्थिक वर्षमा ९६ लाख र आगामी वर्षमा करिव २ करोड ५० लाख बजेट आउने नगरपालिकाले बताएको छ ।

पछिल्लो समाचार

करिव २ करोडमा नदीजन्य पदार्थ उत्खननको ठेक्का

अघिल्लो समाचार

झापामा बर्डफ्लू देखा पर्याे

Related Posts

´एमआरपी`ले गर्दा ग्राहकलाई भार बढ्छ : उपाध्यक्ष श्रेष्ठ
banner

´एमआरपी`ले गर्दा ग्राहकलाई भार बढ्छ : उपाध्यक्ष श्रेष्ठ

जेष्ठ १०, २०८३, १२:५८ .आइतवार
झापा कारागारका २७ कैदीबन्दीको कैद मिनाह
banner -2

झापा कारागार : एकजना कैदबन्दीकाे उपचारका क्रममा मृत्यु

जेष्ठ ९, २०८३, ६:०१ .शनिबार
सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना
banner

सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना

जेष्ठ ८, २०८३, १:५९ .शुक्रबार
रविले अमेरिकी राहदानी त्यागेको प्रमाण माग
banner -1

रवि विरूद्धकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराध फिर्ता, सहकारी ठगी मुद्दा यथावत

जेष्ठ ८, २०८३, १२:३८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.