
मेचीनगर, ९ चैत । चराकाे खाेज अनुसन्धानमा खटिएको टाेलीले पाँचथरमा दुई वटा दुर्लभ चरा फेला पारेको छ ।
मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्रकुमार खरेलको नेतृत्वमा खटिएको अनुसन्धान टाेलीले काेशी प्रदेशकाे पाँचथरमा दुई वटा दुर्लभ चरा भेटेका हुन् ।
खोज अध्ययनकै क्रममा यही चैत ५ गते विहीबार विहान सबेरै पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका-३ स्थित एकै स्थानमा फुस्रोकोखे तोरीगाँडा र कैंलोकण्ठे तोरीगाँडा दुर्लभ चरा फेला पारेकाे टाेलीका नेतृत्वकर्ता खरेलले जानकारी दिए ।
पूर्वी नेपालका लागि ताेरीगाँडा परिवारका ती दुई चराहरू यसअघि रेकर्डमा नभएको खरेलकाे दावी छ ।
पाँचथर तथा ताप्लेजुङ जिल्लामा चरा पर्यटनको सम्भावनालाई खोज अध्ययनको पाटोलाई थप परिणाममुखी बनाउन पर्यटन कार्यालय काँकरभिट्टाकाे सहकार्यमा चरा विद तथा क्यामरा पर्सनको टोली खटिएको छ ।
खरेलको नेतृत्वको टोलीले चरा पर्यटन तथा प्रर्वधनमा महत्वपूर्ण चराहरुकाे अभिलेख भएको छ ।
उनले विभिन्न श्रोतबाट अभिलेख भएका साथै अधिकांश चराहरुको तस्विरहरु अत्याधुनिक मिररलेस क्यामरा सहितको सहायताले लिइएकाे बताए ।
चराहरुको नामको संग्रहका लागि अन्तिम चरणकाे तयारी भइरहेको उनकाे भनाई छ ।
टोलीमा समाजका अध्यक्ष खरेल, चरामा अनुसन्धान गरिरहेका इलामका फोटोग्राफर प्रज्वल खवास, कोशी टप्पुका वरिष्ठ चराका गाइड अनिश तिम्सिना,
पाँचथरका जीवन राई र मोरङका सूर्य सुवेदी रहेका थिए ।




Discussion about this post