
झापा, १३ चैत । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।
यसैगरी नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।
को को बने मन्त्री ?
प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयकाे जिम्मा पाएका छन् ।
विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् । खड्कराज पौडेल (गणेश) ले पर्यटन मन्त्रीको जिम्मेवारी पाएका छन् ।
सस्मित पोखरेललाई शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् ।विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् ।
प्रतिभा रावलले सामान्य प्रशासन मन्त्री, दीपक साह (महोत्तरी) ले श्रम तथा रोजगार मन्त्री र सोविता गौतमले कानुन मन्त्रीको जिम्मेवारी पाएकी छन् ।
गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री, सीता वादीले महिला, तथा बालबालिका मन्त्रीकाे जिम्मेवारी पाएकी छन् ।




Discussion about this post