झापा, १७ चैत । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा दोस्रो पटक देशव्यापी प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको महासचिव शंकर पोखरेलले बताए ।
चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला, त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम पोखरेलले जानकारी दिए ।
आगामी वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
वैशाख १२ गते काठमाडौंमा विरोध प्रदर्शन एवम् वृहत आमसभा आयोजना हुने पार्टीले जनाएको छ । अध्यक्ष ओली पक्राउ लगत्तै पार्टीले यसअघि आन्दोलन सशक्त बनाउने निर्णय गरेको थियो ।




Discussion about this post