झापा, १७ चैत । आजै विहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी(सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारवाही सिफारिस गरेको थियो ।
तर, उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।




Discussion about this post