झापा, २२ चैत । सरकारले भोलिदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।
प्रवक्ता पोखरेलका अनुसार भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ । शुक्रबार हाफ लाग्छ वा फुल थप जानकारी आउन बाँकी छ ।




Discussion about this post