मेचीनगर, १४ वैशाख । काँकरभिट्टाका युवा व्यवसायी दिपेन्द्रराज पाण्डेको घरबाट बहुमुल्य गरगहनासहित नगद चोरी भएको छ ।
आज विहान मेचीनगर–६, काँकरभिट्टा स्थित पाण्डेको घरबाट सुन, चाँदी र नगद चोरी भएको हो ।
मेची भन्सार एजेन्ट एवम् युवा व्यवसायी पाण्डेले विहान करिव ४ वजे मोनिङ वर्क गएका बेला चोरी भएको बताए । उनका अनुसार साढे ९ तला सुन, २० तोला चाँदी र साढे ३ लाख नगद चोरी भएको छ ।
‘म मनिङ वर्क गएको थिए’, पाण्डेले भने–‘घरमा एउटा कोठामा श्रीमति र अर्को कोठामा छोरी ढोका लगाएर सुतेका थिए । गेट खुल्लै थियो । पुजा कोठा र अन्य कोठामा पसेर श्रीमतिको व्याग, दराजमा भएका ति सामानहरु त्यहि छेउमा खोतालखुतुल पारेर व्याग छाडेर सुनहरु लिएर चोरले गएको छ ।’
उनले भने–‘छिमेकीको सीसी क्यामेराको फुटेज हेर्दा एकजना जेनजी उमेरको सेतो हुड्डी र कालो पेन्ट लगाएको युवा घरभित्र पसेको देखिन्छ । अनुहार थोरै मात्र देखिन्छ । प्रहरीमा उजुरी दिएको छु ।’
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रकुमार खड्काका अनुसार चोरी भएको जानकारी आएको छ । सीसी क्यामेराको फुटेज हेरेका छौं । खोजी कार्य भइरहेको बताए ।
पछिल्लो समय शहर तथा गाउँमा चोरीको घटना धेरै बढ्न थालेको छ । स्थानीयले प्रहरीको सक्रिया कम भएको गुनासो गरेका छन् ।




Discussion about this post