१ असार २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

झापा, १५ वैशाख । आन्दोलनकै क्रममा नेपाल पत्रकार महासंघ झापाले आज पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन प्रशारण गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन नगर्न झापाका सबै स्थानीय सरकारलाई आह्वान गर्दै महासंघ झापाले मंगलबार ज्ञापनपत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा गएको प्रतिनिधि टोलीले जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराललाई ज्ञापनपत्र बुझाएका थिए ।

जिससमार्फत महासंघले झापाका १५ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख बरालले सबै स्थानीय सरकारलाई महासंघको ज्ञापनपत्र पठाउने बताए । ७ बुँदे माग सहितको ज्ञापनपत्र महासंघ अध्यक्ष गिरी, पूर्व अध्यक्ष चिन्तामणि दहाल, महासंघ पदाधिकारी, सदस्य, संगठन प्रतिनिधिहरुले सामुहिक रुपमा बुझाएका थिए ।

नेपाल प्रेस युनियन झापाका उपाध्यक्ष इश्वर अधिकारी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार, जन पत्रकार संगठनका अध्यक्ष प्रवीन अधिकारी लगायतको उपस्थिति थियो ।

महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, सचिव राजु पाठक, सहसचिवहरु रमेश तिवारी, तिलक योञ्जन, कोषाध्यक्ष मुक्ति पौडेल, कार्यसमिति सदस्यहरु सन्तोष शर्मा, द्रोण अधिकारी, प्रेस क्लव भद्रपुर अध्यक्ष राजबाबु शंकर, ग्रामीण पत्रकार समाज अध्यक्ष नेत्रविक्रम विमली, सदस्य रेवती घिमिरे लगायतको सहभागिता थियो ।

ज्ञापन पत्रमा रहेका मागहरु 

१. ‘सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने’ बारेको उक्त निर्णय र परिपत्र तत्काल खारेज गरियोस् । साथ झापाका सबै स्थानीय सरकारलाई संघीय सरकारको यो निर्णय कार्यान्वयन नगर्नुहुन आह्वान गर्दछौं ।
२. उक्त परिपत्रलाई आधार बनाइ झापाका केही स्थानीय तहले अर्को निर्णय नभएसम्मका लागि भन्दै स्थानीय सञ्चारमाध्यमलाई दिदैआएको लोककल्याणकारी विज्ञापनको भुक्तानी रोक्का गरेकाले लोककल्याणकारी विज्ञापनको भुक्तानीको तत्काल व्यवस्था मिलाइयोस् ।
३. संविधान र संघीयताको मर्म र भावना अनुसार स्थानीय विज्ञापन अनिवार्य रुपमा स्थानीय सञ्चार माध्यममा प्रकाशन÷प्रशारणका लागि तत्काल व्यवस्था मिलाइयोस् ।
४. सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक तथा सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गरियोस् ।
५. अनलाइन सञ्चारमाध्यमको समेत वर्गीकरणको व्यवस्था गरी अनलाइन सञ्चारमाध्यममा लोककल्याणकारी विज्ञापन प्रकाशन÷प्रशारणको तत्काल व्यवस्था मिलाइयोस् ।
६. संकटग्रस्त सञ्चार क्षेत्रलाई संरक्षण तथा प्रवद्र्धन गर्ने दीर्घकालीन नीतिगत व्यवस्था तत्काल अघि बढाईयोस् । समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गरियोस् ।
७. सञ्चारसम्बन्धी कुनै पनि नीतिगत निर्णय गर्दा सरोकारवाला संस्थासँग अनिवार्य परामर्श गर्ने प्रणाली विकास गरियोस् ।

पछिल्लो समाचार

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

अघिल्लो समाचार

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

Related Posts

सांसद निशा डाँगीलाई खुल्ला पत्र
banner

सांसद निशा डाँगीलाई खुल्ला पत्र

जेष्ठ ३१, २०८३, १२:५३ .आइतवार
´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`
banner -1

´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`

जेष्ठ ३०, २०८३, ९:०५ .शनिबार
आज र भाेलि बिर्तामोडमा राेजगार मेला
banner -2

आज र भाेलि बिर्तामोडमा राेजगार मेला

जेष्ठ ३०, २०८३, ६:३७ .शनिबार
चिया बगान मालिकलाई प्रहरीले भन्याे-´दशगजा खाली राख्न बालेन सरकारकाे निर्देशन छ`
box -1

चिया बगान मालिकलाई प्रहरीले भन्याे-´दशगजा खाली राख्न बालेन सरकारकाे निर्देशन छ`

जेष्ठ ३०, २०८३, १:३३ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.