
ईटाभट्टा, २२ वैशाख । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका कारण थ्रुपैको जीवन बर्बाद बनाएको बताएका छन् ।
मंगलबार इटाभट्टा स्थित आदर्श मविमा आयोजित विद्यार्थी लक्षित विद्यालयमा लागूऔषध नियन्त्रण तथा प्रभाव सम्बन्धी अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख बुढाथोकीले यस्तो बताउका हुन् ।
‘लागूऔषधले समाज भयावह अवस्थामा पुगेको छ’, बुढाथोकीले भने–‘धेरैको परिवार छिन्न भिन्न भएको छ । जीवन बर्बाद भएको । यसको रोकथामका लागि विद्यार्थी लक्षित अभियान थालेका छौं ।’
उनले २०७९ सालमा स्थानीय तहको निर्वाचन जितेर आएपछि पहिलो कलम नै यस विषयको न्यूनिकरणका लागि चोवेको बताए । तर, स्थानीय तह सञ्चालन ऐन २०७४ ले सचेतना र अभिमुखिकरण बाहेक केहि गर्ने अधिकार नगरपालिकालाई नभएको उनको गुनासो छ ।
सामुदायिक विकास मञ्चको सहजीकरणमा नगरपालिकाले नगरका १७ वटा सामुदायिक विद्यालयका कक्षा–९ र १० विद्यार्थीहरुलाई लागूऔषध रोकथाम र यसको प्रभाव सम्बन्धी अभिमुखिकरण अभियान आजदेखि सुरु भएको छ ।
नगरपालिकाको सामाजिक विकास शाखा अन्तरगत आयोजनामा भएको सो अभियान आगामी जेठ १८ गतेसम्म सञ्चालन हुनेछ । अभियानले विद्यार्थीहरुलाई बातावरणमैत्री बनाउन इको क्लब समेत ति विद्यालयहरुमा गठन हुनेछ ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, ८ नम्बर वडाका वडाध्यक्ष गिरिराज धमला, शिक्षा शाखा प्रमुख एवम् उपसचिव होमनाथ भण्डारी, सामाजिक विकास शाखा प्रमुख सरला लुईटेल, लगायतले भविष्यका कर्णधार विद्यार्थीहरु कुलतमा नफसुन, समयमा नै सचेत बनुन भन्ने उदेश्यले अभियानअघि बढाइएको बताएका छन् ।
सोही अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एपम् डिएसपी निशेष चापागाईले मेचीनगरमा लागूऔषधको कारण र अवस्था, प्रयोग, कारोबारी, लक्षण, प्रभाव, रोकथाम र न्यूनिकरणका विषयमा जानकारी गराएका थिए ।
सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकालले सहजीकरण गरेको कार्यक्रमको सहजकर्ताका रुपमा गोविन्द न्यौपाने, रिचमण्ड फेलोसीप मोरंगका कर्मचारी रोशन दाहाल लगायतले गरिरहेका छन् । सामाजिक विकास समिति संयोजक ह्दय राजबंशीको अध्यक्षतामा सो अभियान सुरु गरिएको छ ।




Discussion about this post