७ असार २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अध्यक्षमा कटुवाल

चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
0
0
0
SHARES
169
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ वैशाख । बुधबारदेखि चारआलीको सब्जी मण्डी विधिवतरुपमा सञ्चालनमा आएको छ ।

आज विहान पूजा गरेर सब्जी मण्डी सञ्चालन गरिएको हो । सब्जी मण्डीको उद्घाटन मेची उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष खेमराज प्रसाईले गरेका थिए ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रसाई, महासचिव दिनेश शाक्य लगायतका व्यवसायीहरुले वषौंदेखि अव्यवस्थित रहेको सब्जी मण्डी अब सबै व्यवसायी र उपभोक्ताहरुलाई राहत मिलेको बताएका छन् ।

कार्यक्रममा वर्तमान वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल),  उद्योग उपाध्यक्ष भुमि पाैडेल, कार्यसमिति सदस्यहरू आनन्द खड्का, सन्ताेष खवास लगायत संघका प्रतिनिधिहरूको पनि उपस्थित रहेको थियो ।

मेचीनगर नगरपालिकाले मेचीनगर–१३ स्थित चारआली चौकदेखि दक्षिण भद्रपुर रोड जाने सडकको पुरानो आइतबारे हटियाको १६ कठ्ठा १४ धुर जग्गामा सब्जी मण्डी राख्न बाणिज्य संघलाई सहमति दिएको थियो ।

सब्जी मण्डीमा व्यवसायीहरुको २५ वटा कोठा रहेको छ । बाणिज्य संघ अन्तरगत व्यवसायीले बजार सञ्चालन गर्न नयाँ समिति समेत गठन गरेको छ ।

बाणिज्य संघका वर्तमान कार्यसमिति सदस्य मानबहादुर कटुवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको हो । जसको मेचीनगर सब्जी तथा फलफुल व्यवसायी संघ नामाकरण गरिएको छ ।

समितिको उपाध्यक्षमा पूर्णबहादुर नेवार, सचिवमा विजयकुमार चौधरी, सहसचिवमा तिलक श्रेष्ठ र कोषाध्यक्षमा गोमा दंगाल चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा गंगादेवी भट्टराई, मेनुका काफ्ले, हरि साह, लिलाबहादुर राउत, युवराज पराजुली र सञ्जय साह रहेका छन् ।
यसअघि १४ वर्षदेखि अव्यवस्थित रूपमा मेचीनगर–१२ को चारआली स्थित निजी जग्गामा सब्जी मण्डी सञ्चालनमा रहेको थियो । सब्जी मण्डीमा इलाम लगायतका पहाडी जिल्लाबाट व्यापारीले तरकारी तथा फलफुलहरू ल्याउने गर्दछन् ।

मण्डीमा ल्याइएका सब्जीहरू व्यवसायीहरुले स्थानीय बजार, विराटनगर, इटहरी, धरान लगायत तथा भारतसम्म पठाउने गरेका छन् ।
स्थानीय तरकारीको उत्पादनमा वृद्वि गर्न, प्रोत्साहन गर्न, सुरक्षित, व्यवस्थित तरकारी बजार व्यवस्थापन गर्न, स्थानीय तथा बाहिर उत्पादन गरिएका तरकारीहरुको न्यूनतम मूल्य निर्धारण गरि कृषकको बजारमा पहुँच वृद्वि गर्ने उदेश्य  रहेको सचिव चौधरीले बताए ।

नगरपालिकाको सार्वजनिक–निजी साझेदारी कार्यक्रम अन्तरगत बाणिज्य संघले सब्जी मण्डी निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न सम्झौता अनुसार नगरपालिकालाई बार्षिक ६ लाख ३५ हजार रूपैयाँ तिर्नु पर्ने छ ।

मेचीनगर सब्जी तथा फलफुल व्यवसायी संघका अध्यक्ष मानबहादुर कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव तिलक श्रेष्ठले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

अघिल्लो समाचार

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

Related Posts

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति
banner

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

असार ५, २०८३, ८:०९ .शुक्रबार
न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल
box -1

न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल

असार ४, २०८३, ३:५३ .बिहिबार
ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner -2

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार
सांसद निशा डाँगीलाई खुल्ला पत्र
banner -1

सांसद निशा डाँगीलाई खुल्ला पत्र

जेष्ठ ३१, २०८३, १२:५३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.