

मेचीनगर, २७ वैशाख । मेची उद्योग बाणिज्य संघको मतगणना सुरू भएको छ ।
आइतबार विहान ११ वजेदेखि मतगणना सुरू भएको हो ।
व्यवसायीहरूको सर्वपक्षीय भेलापछि मतगणना सुरू भएको छ । संघको शनिबार निर्वाचन सम्पन्न भएको थियो ।
२ हजार ७४ मतदाता मध्ये १ हजार ६०३ जना मतदाताले मतदान गरेका थिए । मतगणना अहिले भर्खरैदेखि सुरु भएको प्रमुख निर्वाचन अधिकृत पदम डाँगीले जानकारी दिए ।




Discussion about this post