
मेचीनगर, २९ वैशाख । यस पटककाे एसईईमा मेचीनगरका सामुदायिक विद्यालयका २ जनाले ४ जीपिए ल्याएका छन्
मेचीनगर-१० काे धुलाबारी मावि र मेचीनगर-१४ काे बाल सुवाेधनि माविका दुई जनाले ४ जीपिए ल्याएका हुन् ।
मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् उपसचिव हाेमनाथ भण्डारीले धुलाबारी माविका सुमन राजबंशी र बाल सुवाेधनि माविका जेनिस भट्टराईले चार जीपिए ल्याएकाे जानकारी दिए ।
नगरका १८ वटा सामुदायिक विद्यालयका ९८८ जना सहभागी विद्यार्थी मध्ये ५४० जनाले कक्षाेन्नति गरेकाे उनले बताए । जसकाे प्रतिशतमा ५४ प्रतिशत रहेकाे छ ।
विद्यार्थी सहभागी मध्ये शतप्रतिशत कक्षाेन्नति हुने विद्यालय मेचीनगर-२ काे मेची जनसाधारण मावि रहेकाे भण्डारीले बताए ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साेमबार साँझ सार्वजनिक गरेको थियाे ।
नतिजा अनुसार देशभरबाट ६५.९८ विद्यार्थी कक्षाेन्नति भएका छन् । एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।
यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरिएको थियाे ।
साेमबार साँझ बाेर्डले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो ।
नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।
यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरिएको हो ।




Discussion about this post