
मेचीनगर, ३१ वैशाख । बजार अनुगमनका क्रममा अझै पनि व्यवसायीले व्यवसाय दर्ता नगरी निर्वाद रुपमा व्यापार–व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ ।
विहीबार मेचीनगरको ग्रामिण भेग बाहुनडाँगी बजारमा मेचीनगर नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनमा अधिकांश व्यापारीले व्यवसाय दर्ता नगरेको पाइएको हो ।
भारतीय सीमासँग जोडिएको पुरानो व्यापारिक नाकाको रुपमा परिचित बाहुनडाँगी बजारमा पारीका र वारीका व्यापारीहरुले म्याद ग्रुजिएका, लेवल नभएका, स्टीकर नभएका, प्रतिबन्धित खानेतेल, थुक्पा लगायत अखाद्य वस्तुहरु बिक्री वितरण गरिरहेका छन् । यस्तै ढक, तराजुहरु पनि सही नभएको पाइएको छ ।
आज मेचीनगर नगरपालिकाको संयुक्त टोलीले मेचीनगर–४ स्थित बाहुनडाँगी बजारका १२ वटा र ५ नम्बर वडाको माता चोकको एउटा पसलमा बजार अनुगमन गरिएको थियो ।
उक्त पसलहरुमा अनुगमन गर्दा म्याद ग्रुजिएका प्याकेटको ट्याङक, जुस, अखाद्य रंगको प्रयोग, ललपिप, स्प्राइट, केक बिस्कुट, थुक्पा, खानेतल गायतका खाद्य पदार्थहरु भेटिएको थियो ।
मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले माता चोकको श्रेष्ठ किराना पसल तथा बाहुनडाँगीको न्यू पाथिभरा फ्रेस वेकरी, रुपा किराना तथा भेराईटीज, पूजा पान भेराईटीज, नेपाल किराना पसल, पाण्डे फ्रेस हाउस, राजेश किराना पसल, श्रेष्ठ होटल तथा कुमारी भेराईटीज, उमा भेराईटीज, मित्र किराना पसल, सन्तोष खुद्रा पसल, बरिष्ठ खुद्रा पसल (भारतीय व्यापारी), कार्की किराना पसलमा अनुगमन गरिएको जानकारी दिए ।
स्थानीय सरकारको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय, खाद्य प्रविधि तथा गूण नियन्त्रण डिभिजन कार्यालय, गुणस्तर तथा नाप तौल कार्यालय झापा, नगर प्रहरी र प्रहरीको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा माछा पसले, चटपटे, आलुचप, प्याजी पसल, जेरी, लड्डु पसल लगायत केहि अन्य पसलेहरुलाई समयभित्र नाप तौल, खाद्यको अनुमति पत्र र व्यवसाय दर्ता गर्न जानकारी गराएको थियो । बाहिर खुल्ला ठाउँमा माछा र किराना पसलले पेट्रोलियम पदार्थ बेच्न नपाइने भएकाले तुरुन्त हटाउन व्यापारीलाई भनिएको थियो ।
खाद्य विश्लेषक कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीमा खाद्य प्रविधि तथा गूण नियन्त्रण डिभिजन कार्यालय झापाकी खाद्य निरीक्षक संगीता साह, गुणस्तर तथा नाप तौल कार्यालय झापाका सहायक निरीक्षक अमित कर्ण, कार्यालय सहयोगी कामिक राजबंशी, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष आनन्द खड्का, सदस्य दिनेश पोखरेल, मेचीनगर–४ का वडा सदस्य धनमाया कोइराला, वडा सचिव तीलबहादुर राजबंशी, बाहुनडाँगी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विपिन थापा, प्रहरी जवान सेशुकुमार राई, नगर प्रहरीहरु प्रकाशकुमार बानियाँ, बुद्विराज राई, सवारी चालक लोकबहादुर नेपाल, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
(फोटो फिचर)




Discussion about this post