१० जेष्ठ २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाणिज्य संघकाे शपथ

´एमआरपी`ले गर्दा ग्राहकलाई भार बढ्छ : उपाध्यक्ष श्रेष्ठ

जेष्ठ १०, २०८३, १२:५८ .आइतवार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, १० जेठ । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले नेपाल जस्ताे कम विकसित देशमा व्यापारीलाई भन्सारमा एमआरपी लगाउनु जायज नभएकाे बताएका छन् ।

आइतबार मेची उद्योग बाणिज्य संघले धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसमा आयोजना गरेको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि उपाध्यक्ष श्रेष्ठले यस्ताे कुरा बताएका हुन् ।

´चाइना र भारतमा समेत एमआरपी लागू भएको छैन्`, श्रेष्ठले भने-´विकसित देश हुँदै गरेकाे कम विकसित देश नेपालमा व्यापारीलाई याे नियम लगाउनु उचित हाेइन ।`

उनले भने-´एमआरपी लगाउँदा जनताले झन दु:ख पाउँछन् ।उदाहरणका लागि अहिल १५ सय पर्ने जुत्ता अब ३ हजार पर्छ ।` उद्योगी-व्यापारीलाई विभिन्न बाहाना दु:ख दिइरहेकाे बताउँदै उपाध्यक्ष श्रेष्ठले भ्याट, अन्यकर लगायतमा पनि सरकारले अंकुश लगाइरहेकाे बताए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पाेखरेल उप्रेतीले व्यापारीसँगकाे सम्बन्ध नङ र मासुकाे जस्ताे हुनु पर्ने बताइन् । उनले कर बढाउने भन्दा पनि करकाे दायरा फराकिलाे पार्नेमा जाेड दिएकी थिइन् ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बाणिज्य संघ सरकारी अंग जस्तै भएर हातेमालाे गरिरहेकाे बताए ।

मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्याैपानेले सरकारले भर्खरै लगाएकाे एमआरपीलाई सबै व्यापारीले अनुमति लिएर काम गर्न अनुराेध गरेका थिए । उनले पूर्वी प्रवेशद्वार गेटमा नेपालमा स्वागत छ भन्ने बाेर्ड लगाइदिन समेत संघलाई आग्रह गरेका थिए ।

यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रमेश रसाइली, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गाेपाल गुरागाई लगायतले केन्द्रदेखि नगर, जिल्लाका नवनिर्वाचित टिमले व्यापारीकाे हितमा काम गर्ने बताएका थिए ।

मेची उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष खेमराज प्रसाईले स्वीकारवक्ति मन्तव्य व्यक्त गरेका थिए । उनले बजारका सडक बत्ती, रात्रीकालिन व्यापार र काँकरभिट्टामा संघकाे शाखा राख्ने प्रतिवद्वता गरे ।

प्रमुख निर्वाचन अधिकृत अधिवक्ता पदम डाँगीले नवनिर्वाचित कार्यसमितिकाे नाम घाेषणाा गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई  नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेश उपाध्यक्ष एवम् मेची उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिनाले शपथ गराएका थिए ।

शपथ ग्रहण कार्यक्रमकाे सहजीकरण निर्वाचन अधिकृत अधिवक्ता अजय घिमिरे र संघका कार्यकारी निर्देशक गाेपाल वस्नेतले गरेका थिए ।

संघकाे गत वैशाख २६ गते सम्पन्न अधिवेशनले अध्यक्ष पदमा खेमराज प्रसाई, वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का, उद्योग उपाध्यक्षमा हरि कोइराला, बाणिज्य उपाध्यक्षमा सन्तोष खवास, महिला उपाध्यक्षमा उषा नेपाली श्रेष्ठ र महासचिवमा ध्रुब कनाल निर्वाचित भएका थिए ।

यसैगरी महिला सदस्य पदमा कृष्णकुमारी प्रसाईं (कल्पना) र चम्पा नेम्बाङ विजयी भएका थिए । यस्तै पुरूष सदस्य तर्फ दिनेश पोखरेल, सचिन निरौला, खिरोज बराल (फिरोज), जयकुमार श्राप (सुनार), अर्जुन तिवारी, आशिष संग्रौला, तारा श्रेष्ठ र राजेशकुमार बंशल विजयी भएका थिए ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले अध्यक्षता गरेकाे कार्यक्रमकाे स्वागत निर्वमान बरिस्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशाेर)ले गरेका थिए ।

सञ्चालन निवर्तमान महासचिव दिनेश शाक्य र नवनिर्वाचित महासचिव ध्रुब कनालले संयुक्त रूपमा गरेका थिए । धन्यवादसहित कार्यक्रमकाे समापन महिला उपाध्यक्ष उषा श्रेष्ठले गरेकी थिइन् ।

पछिल्लो समाचार

झापा कारागार : एकजना कैदबन्दीकाे उपचारका क्रममा मृत्यु

Related Posts

झापा कारागारका २७ कैदीबन्दीको कैद मिनाह
banner -2

झापा कारागार : एकजना कैदबन्दीकाे उपचारका क्रममा मृत्यु

जेष्ठ ९, २०८३, ६:०१ .शनिबार
सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना
banner

सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना

जेष्ठ ८, २०८३, १:५९ .शुक्रबार
रविले अमेरिकी राहदानी त्यागेको प्रमाण माग
banner -1

रवि विरूद्धकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराध फिर्ता, सहकारी ठगी मुद्दा यथावत

जेष्ठ ८, २०८३, १२:३८ .शुक्रबार
काँकरभिट्टामा जंगली ´गाैर गाई` : मान्छेलाई खेदाउँदा लडेर मर्याे
banner -2

काँकरभिट्टामा जंगली ´गाैर गाई` : मान्छेलाई खेदाउँदा लडेर मर्याे

जेष्ठ ६, २०८३, ६:२४ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.