२१ जेष्ठ २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच

जेष्ठ २१, २०८३, १२:३९ .बिहिबार
0
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ जेठ । मेचीनगर नगरपालिकाले बौद्विक तथा पूर्ण अशक्त भएका व्यक्तिहरूको सुविधाका लागि घरैमा पुगेर स्वास्थ्य उपचार सेवा दिइरहेको छ ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाले अपाङ्गगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तरगत बौद्विक तथा पूर्ण अशक्त भएका व्यक्तिहरूलाई घर–घरमा गएर स्वास्थ्य चेकजाँच र परिचय कार्डको पहुँच बढाइएको हो ।

महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले घर–घर गएर बौद्विक तथा पूर्ण अशक्त भएका व्यक्तिहरूको गृह भेटद्वारा स्वास्थ्य चेकचाँज तथा परिचय पत्रमा पहुँच पुर्याउने उदेश्यले विहीबारदेखि मेचीनगरका १५ वटै वडामा अभियान सुरु गरिएको जानकारी दिइन् ।

आज मेचीनगर–४, ५, ६, ७, ११ र १५ नम्बर वडाका ११ जना पूर्ण अशक्तहरुलाई सो उपचार सेवा प्रदान गरिएको छ । त्यस्तै बुधबार सम्भावित अपाङ्ग भएका व्यक्तिहरूको स्वास्थ्य चेकचाँज तथा परिचय पत्रमा पहुँच बढाउने लक्ष्यसहित नगरपालिकाको सभा हलमा आयोजित स्वास्थ्य उपचार सेवामा १३ जना सहभागी भएको करुणा फाउण्डेशन नेपालका मेचीनगर संयोजक पदम बराइली बताए ।

स्वास्थ्य जाँच गरेका १३ जना मध्ये ७ जनाले अपाङगता परिचय पत्र पाउने प्रक्रियामा रहेको उनको भनाई छ । ७ जना मध्ये रातो कार्ड पाउने २ जना, निलो २ जनाले, पहेलो २ जनाले र सेतो १ जनाले पाउने भएका हुन् ।

मेचीनगर आधारभूत अस्पताल धुलाबारीका डाः प्रकाशचन्द्र गच्छदार, कर्मचारी खगेन्द्र खतिवडा (लेलिन) लगायत स्वास्थ्यकर्मीहरुले स्वास्थ्य उपचार सेवा दिएका थिए । पूर्ण अशक्त भएका व्यक्तिहरूको स्वास्थ्य उपचार सेवा सँगसँगै गृहभेटमा नगरउपप्रमुख मीना पोखरेल उप्रेती, महिला तथा बालबालिका शाखा प्रमुख खरेल, सम्बन्धीत वडाका वडाध्यक्ष, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

संयोजक बराइलीका अनुसार सो कार्यक्रम सञ्चालनदेखि हालसम्म अशक्त भएका व्यक्तिहरूको संख्या १७८५ जना रहेको छ । तिमध्ये रातो कार्ड पाउने ५१०, निलो पाउने ६६९, पँहेलो पाउने ४९६ र सेतो कार्ड पाउने ८७ जना रहेका छन् भने २४ जनाको कार्ड पाउने प्रक्रियामा रहेको उनको भनाई छ ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन नेपालको त्रिपक्षिय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालनमा रहेको छ ।

पछिल्लो समाचार

न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’

Related Posts

न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’
banner -1

न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’

जेष्ठ २१, २०८३, ५:०६ .बिहिबार
महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम
banner -2

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम

जेष्ठ १९, २०८३, १:५० .मङ्लबार
प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
box -1

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार
२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट
box -2

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट

जेष्ठ १५, २०८३, १२:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.