झापा, २६ जेठ । गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ ग्रहण गरेका छन् ।
मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई मन्त्रीले सपथ लिएका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार उनीहरूलाई मन्त्री नियुक्तिको सिफारिस गरेका थिए ।
सुधन गृहमन्त्रीमा पुनः फकिएका हुन् । नवनियुक्त गृहमन्त्री गुरुङलाई पाँचौँ वरीयता दिइएको छ ।
त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन आठौँ वरीयतामा छन् ।




Discussion about this post