


कचनकवल, २९ जेठ । नेपार र भारतका सुरक्षाकर्मीहरूकाे संयुक्त टाेलीले गस्ती सुरू गरेकाे छ ।
आज साे टाेलीले कचनकवल गाउँपालाका-५ पाठामारी स्थित दशगजामा रहेको सुनकोशी चिया बगानको करिव ६५ वटा चियाको बोटहरू हटाएकाे छ ।
पाठामारी र भारतकाे सीमा नाका किशनगंजकाे दशगजामा रहेको ११४ स्तम्भ (पिलर) नजिकै शुक्रबार विहान साढे १० वजे नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भारतीय एसएसवीकाे टाेलीले संयुक्तरूपमा चियाका बाेटहरू हटाएकाे जिल्ला प्रहरी कार्यालयले झापाले जानकारी दिएकाे छ ।
नेपालका सुरक्षाकर्मीकाे सहयाेगमा भारतीय एसएसवीले साे चिया बगानका बाेटहरू हटाएकाे छ ।




Discussion about this post