
मेचीनगर, ५ असार । गएरातिको अविरल वर्षाले मेचीनगरकाे २ वटा प्लाइउड उद्योगमा क्षति पुगेकाे छ ।
मेचीनगर-७ स्थित मदन वस्तीमा रहेकाे जय श्री कामाक्षा भेनियर-प्लाउड उद्योगमा पैनीकाे बाँध फुटेर पानी पसेर क्षति भएको हाे ।
उद्योगका सञ्चालक दिनेश शाक्यले हिजाे राति आएको अविरल वर्षाले उद्योगमा रहेकाे कच्चा पदार्थहरू काेर पत्ता , फाली, काठकाे गाेलिया बगाएर नष्ट भएको जानकारी दिए ।
उनका अनुसार करिव १८ लाख रूपैयाँ बराबरकाे क्षति पुगेकाे छ ।
उद्योगका अर्का सञ्चालक सुवास वस्नेतले रातिकाे मुसलधारे पानीले ईटाभट्टाबाट दक्षिण हुँदै गएकाे मुख्य पैनीकाे बाँध फुटेर कच्चा पदार्थ नष्ट भएको बताए ।
यसैगरी, मेचीनगर-१५ स्थित गाँयन बारीकाे जय माँ कामख्य ईन्डष्टीज प्रालिकाे प्लाइउडमा पनि क्षति पुगेकाे छ ।
उद्योगका सञ्चालक किशाेर क्षेत्री (कपिल) ले रातिकाे पानीले उद्योगमा रहेकाे काेर पत्ता , फाली, काठकाे गाेलिया लगायत कच्चा पदार्थ नष्ट हुँदा करिव २० लाख रूपैयाँकाे क्षति भएको बताए ।




Discussion about this post