मेचीनगर, २० साउन । काँकरभिट्टाका शिक्षासेवी, धार्मिक व्यक्तित्व एवम् समाजसेवी शंकर भट्टराईकाे निधन भएको छ ।
उनकाे ५५ वर्षकाे उमेरमा बुधबार (आज) विहान ६ वजे काँकरभिट्टा शान्ति गाउँ स्थित निजी निवासमा निधन भएको हाे ।
लामाे समयदेखि क्यान्सर राेगबाट पीडित थिए । उनकी श्रीमती लक्ष्मीदेवी सापकाेटा भट्टराई, २ छाेराहरू जेठा सबल र वुहारी प्रनिका तिवारी र कान्छा छाेरा सक्षम छन् ।
शिक्षासेवी भट्टराई पूर्व शिक्षक पनि हुन् । उनकाे लक्ष्मी एजुकेशनल कल्सनटेन्सी रहेकाे छ । उनले नेपाली विद्यार्थीलाई उच्च शिक्षा पढाउनका लागि भारत आसाम स्थित आसाम डाउन युनिभर्सिटी लाने गरेका थिए । उनी त्यसका नेपालका प्रतिनिधि हुन् ।
विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेका थिए । घर नजिकैकाे शिव पातालगंगा नवग्रह मन्दिर स्थापना गर्न उनकाे अतुलनीय भूमिका रहेकाे थियाे । साे मन्दिरका संस्थापक हुन् ।
वि.सं. २०२८ साल असार ३ गते जन्मेका उनका २ जना दाजु भाइ छन् । जेठा कृष्णप्रसाद र भाइ विष्णु भट्टराई । विष्णु मेचीनगर नगरपालिका-८ का वडा सदस्य हुन् ।
उनकी श्रीमती लक्ष्मीदेवी सापकाेटा भट्टराई काँकरभिट्टा माविकी शिक्षिका हुन् ।
भट्टराईकाे आज दिउँसो धुलाबारी स्थित निन्दा खाेलाकाे रामघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएकाे छ ।


Discussion about this post