मेचीनगर, १२ कार्तिक । भाेलिदेखि झापाकाे भद्रपुरमा पहिलाे पटक अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता हुँदै छ ।
भद्रपुर-९ स्थित पुँहातु जनज्योति माविकाे खेल मैदानमा शुक्रबार (भाेलि) देखि कार्तिक १५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फाइव एस हक्की प्रतियोगिता हुने भएको हाे ।
भद्रपुर नगर हक्की संघले विहीबार अन्तिम तयारीका बारेमा पत्रकार सम्मेलन गरेर साे विषयमा जानकारी गराएकाे छ ।
हक्की खेलकाे अन्तर्राष्ट्रिय प्रतियोगिता झापामा पहिलाे पटक हुन लागेकाे आयोजककाे दावी छ ।
प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरूकाे सहभागिता रहने छ । बंगलादेश प्राविधिक कारणले यसपटक सहभागी हुन नसकेकाे सम्मेलनमा जानकारी गराइएकाे थियाे ।
प्रतियोगितामा आयोजककाे तर्फबाट काेशी प्रदेशबाट खेल्ने झापाका १० जना खेलाडीहरू सहभागी हुनेछन् ।
प्रथम हुने विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएकाे छ ।
सम्मेलनमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पाेखरेल, चन्द्रगढी सामुदायिक वनका उपाध्यक्ष श्रीमन नारायण पाैडेल, झापा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई लगायतले सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।
संघका उपाध्यक्ष पदम निराैला र सल्लाहकार अनिल ढुंगानले झापामा पहिलाे पटक एतिहासिक प्रतियोगिता हुन लागेकाेले सबैकाे साथ र सहयाेग आवश्यक रहेकाे बताएका थिए ।
प्रतियोगिताकाे मुख्य प्रायाेजकमा चन्द्रगढी सामुदायिक वन रहेकाे छ भने प्रथम पुरस्कार ओमसाई पाथिभरा अस्पताल भद्रपुरले सहयाेग गरेकाे छ ।
प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान आयोजककाे रहेकाे छ ।
प्रतियोगिताकाे उद्घाटन काेशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले गर्ने भएका छन् ।
भद्रपुर हक्की संघका अध्यक्ष सराेजकुमार वस्नेतले पत्रकारकाे जिज्ञासाकाे जवाफ दिएका थिए भने कार्यक्रमकाे सहजीकरण महासचिव खगेन्द्र ढुंगानाले गरेका थिए ।




Discussion about this post