
मेचीनगर, ३० भदाै । चारआली जेसीजले चारआलीमा आयोजना गर्न लागेकाे नेपाल जेसीजकाे क्षेत्रीय सम्मेलनकाे थिम सेमिनारमा पूर्वअर्थमन्त्री, सांसददेखि वरिष्ठ पत्रकारसम्म मुख्वबक्ताका रूपमा रहने भएका छन् ।
आउँदाे असोज ९ र १० गते चारआलीमा नेपाल जेसीजको क्षेत्रीय सम्मेलनमा मुख्य वक्ताका रुपमा पूर्वअर्थ मन्त्री सुरेन्द्र पाण्डे, संघीय सांसद तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष राजन गौतम र बरिष्ठ पत्रकार टिकाराम यात्री आउने भएका छन् ।
चारआली जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनमा मुख्य कार्यक्रमक्रमको रुपमा रहेको थिम सेमीनारका वक्ताका रुपमा उनीहरु असोज ९ गते आउने भएकाे नेपाल जेसीजका कोषाध्यक्ष तथा चारआली जेसीजका निवर्तमान अध्यक्ष सुजुप सुवेदीले जानकारी दिए ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीको थिम एम, एक्ट र एचीभमा रहेर उनीहरुले आफ्नो प्रस्तुति दिने छन् ।
उक्त सम्मेलन दुई दिनसम्म सञ्चालन हुने आयोजककाे भनाई छ ।




Discussion about this post