मेचीनगर, ११ साउन । काँकरभिट्टा स्थित अरुणोदय मावि परिसरकाे भवनकाे एउटा काेठामा शिक्षिकाकाे शव भेटिएको छ ।
शिक्षिका कविता ढुंगानाकाे सड्न लागेको अवस्थामा शव फेला परेको हाे ।
उनकी श्रीमतिकाे शव रहेकाे काेठा बाहिरबाट ताला लगाएर शिक्षक रतन गुप्ता (श्रीमान) भने फरार रहेका छन् ।
शिक्षिका ढुंगानाको स्थायी घर सर्लाहीको लालबन्दी नगरपालिका -२ स्थित नेत्रगन्ज रहेको बताइएको छ ।
स्कुलकी सञ्चालक रिता थापाका अनुसार साउन ५ गतेदेखि विद्यालय बन्द थियाे । साउन ११ गते साेमबारदेखि विद्यालय सञ्चालन भएको हाे ।
उनले भनिन्-´स्कुल परिसरकै भवनकाे एउटा काेठामा दुवै जनालाई बस्ने व्यवस्था मिलाएका थियाैं । आज काेचिङ मात्र भयाे । दिउँसो ३ वजे प्रिन्सिपल दुर्गाबहादुर लुईटेलकाे वट्सएप माेवाइलमा शिक्षक गुप्ताकाे म्यासेज आयो । उनले म्यासेजमा श्रीमती ढुंगानाले काेठामा झुन्डिएर आत्महत्या गरिछिन् । मैले बाेकेर यता सारे । डरले कसैलाई नभनि २ वटा झाेला बाेकेर हिडे । ताला खाेल्नु काेठाभित्र शव छ । कानुनी प्रक्रिया पूरा गर्नु भनेका रहेछन् ।`
स्थानीयले शिक्षक गुप्तालाई आइतबार साँझ करिव ५ वजे २ वटा झाेला बाेकेर स्कुलबाट बाहिर निस्केकाे देखेकाे बताइएकाे छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले घटनाका विषयमा अनुसन्धान गरिरहेकाे छ ।
श्रीमान गुप्ताले शिक्षिका ढुंगानालाई आत्महत्याकाे आरोप लगाएर किन भागे स्कुल परिवार अचम्ममा परेका छन् ।


Discussion about this post