झापा, १ भदौ । पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी प्रमुख (सीइओ) डा. निराजन प्रसाईले १० हजार जना महिलाको पाठेघरको क्यान्सर निःशुल्क रुपमा जाँच गरि दिने घोषणा गरेका छन् ।
अस्पतालले सोमवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईले उक्त घोषणा गरेका हुन् ।
महिलाको पाठेघर सम्बन्धी क्यान्सर रोगी धेरै पाइएको कारण जनचेतना जगाउन अस्पतालले यो अभियान सुरु गरेको उनले पत्रकार सम्मेलनमा बताए ।
उनी बीएन्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईका छोरा हुन् । हाल बीएन्डसी र क्यान्सर अस्पतालको प्रशासनिक नेतृत्व डा. निराजनले गर्न थालेका छन् ।
झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा स्वास्थ्य शिविरको आयोजना गरी महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्ने र क्यान्सर पुष्टि भएका हरेक विरामीको उपचारमा एक लाखको उपचार सहयोग गर्ने समेत उनले बताए ।
भदौ ६ गतेदेखि अस्पतालमा निःशुल्क ओपीडी सेवा प्रदान गरिने र एक हजार विपन्न परिवारको स्वास्थ्य विमा समेत अस्पतालका तर्फबाट गरिने प्रसाईले घोषणा गरे ।
Discussion about this post