मेचीनगर, १९ असार । मेचीनगर-१४, दुहागढी स्थित एक घरमा आगलागी हुँदा घर पूर्णरूपमा नष्ट भएको छ ।
दुहागढीका चुडामणी गुरागाईंको एक तल्ले टिनको छानो, काठको बेरा भएको चार कोठे घरमा बिद्युत सर्ट भई आगलागी हुँदा घरमा रहेको सुन, चाँदी, नगद, टिभी, दराज, पलङ, लताकपडा लगायत बिभिन्न समानहरु र घर सहित पूर्ण रुपमा जली नष्ट भएको हाे ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विहान ११ वजे आगलागी हुँदा करिव ४२ लाख रूपैयाँ बराबरकाे क्षति भएको छ ।
मानवीय तथा चौंपायमा क्षति नभएको, उक्त आगो स्थानीय बासी, प्रहरी र मेचीनगर नगरपालिकाको २ वटा दमकलको सहयोगमा करिव १२ वजे आगो नियन्त्रण लिएकाे प्रहरीकाे भनाई छ ।




Discussion about this post