


बिर्तामोड, १७ असार । अन्तरास्ट्रिय स्तरमा आफ्नो शैक्षिक सहकार्यलाई उच्चाइमा पुर्याउन तक्षशिलाले विभिन्न संघ-संस्थासँग सम्झौता गरेकाे छ ।
बुधबार बिर्तामोड स्थित तक्षशिला प्राेग्रेसीभ इङ्लिस स्कुलले इन्भेष्टिचर समाराेहमा क्याम्ब्रिज इङ्लिश एजुकेशनल पार्टनर घाेषणा तथा अन्तरास्ट्रिय शैक्षिक सहकार्यका महत्वपूर्ण सम्झौताहरू गरेकाे हाे ।
स्कुलले क्यामब्रिज इङ्लिश एजुकेशनल पार्टनर, नेपाल-बेलायत चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रीजका अध्यक्ष डा.राेशन राठी, थ्रीडीआइ न्युजिल्यान्ड लगायतसँग
तक्षशिलाकी कार्यकारी निर्देशक डा.अञ्जलि कार्की, शैक्षिक निर्देशक डा.भिक्टर इग्रेसियस जाेसेफले विद्यार्थीकाे नेतृत्व विकास, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य तथा प्रविधि मैत्री शिक्षाकाे समन्वयका लागि सम्झौता गरिएको स्कुलका प्रवत्ता प्रमिश गिरीले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीहरूले ड्राेन प्रविधि, राेबाेटिक्स, वेब तथा एप विकास, थ्रीडीआइ, भर्चुअल रियालिटी, थ्रीडी प्रिन्टिङ लगायतका अत्याधुनिक प्रविधि सम्बन्धि परियाेजनाहरू प्रदर्शन गरेका थिए ।
स्कुलका शैक्षिक निर्देशक जाेसेफले शैक्षिक सहकार्यले विद्यालयमा नवप्रवर्तन, डिजिटल प्रविधि तथा भविष्यमुखी शिक्षालाई थप प्रभावकारी रूपमा समावेश गर्ने आधार तयार गरेकाे बताए ।
एलसीसीआइका सह-संस्थापक, प्रमुख कार्यकारी अधिकृत एवम् नेपाल-बेलायत चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रीका अध्यक्ष राठी, विद्यालयकी कार्यकारी निर्देशक डा. कार्की, शैक्षिक निर्देशक डा. जाेसेफले क्याम्ब्रिज इङ्लिश एजुकेशनल पार्टनरकाे आधिकारिक प्लाक एक अर्कालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव तीलचन्द भण्डारी, सशस्त्र प्रहरी बल झापाका प्रहरी उपरीक्षक एसपी अम्बिकाप्रसाद जाेशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमकाे सहजीकरण शिक्षिकाद्वय रूकु लामगादे र स्तुति तामाङले संयुक्त रूपमा गरेका थिए ।




Discussion about this post