१३ असार २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

१ अर्ब ४५ करोड बजेट

मेचीनगरमा बाँझो जग्गा राख्न नपाइने

असार १२, २०८३, ९:०२ .शुक्रबार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि एक अर्ब ४५ करोड ६२ लाख ५७ हजार ९८६ को प्रस्तावित बजेट ल्याएको छ ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले बुधवार नगरपालिकाको नवौं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि एक अर्ब ४५ करोड ६२ लाख ५७ हजार ९८६ को प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् ।

मेचीनगरले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको ठूलो हिस्सा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि विनियोजन गरेको छ ।

नगरपालिकाले बजेटको स्रोत मध्ये १७ करोड ९० लाख आन्तरिक आयबाट संकलन गर्ने लक्ष्य लिएको छ । बाँकी स्रोतका रूपमा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाड रहेका छन् । नगरपालिकाले चालु आ.व.२०८२÷८३ मा १८ करोड आन्तरिक आयको अनुमान गरेको थियो ।

संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट २४ करोड ७४ लाख, सशर्त चालू अनुदानबाट ५१ करोड ६३ लाख, सशर्त पूँजीगत अनुदानबाट सात करोड २३ लाख, विशेष अनुदानबाट ७९ लाख, समपूरक अनुदानबाट ५५ लाख र राजस्व बाँडफाँटबाट १८ करोड ७७ लाख आय प्राप्त हुने नगरपालिकाको बजेटमा उल्लेख छ ।

कोशी प्रदेश सरकारको समानीकरण अनुदानबाट दुई करोड ३७ लाख ८६ हजार, सशर्त चालू अनुदानबाट एक करोड १० लाख ७७ हजार, पूँजीगत अनुदानबाट चार करोड १४ लाख, राजस्व बाँडफाँटबाट एक करोड ६१ लाख ५७ हजार ४४६ र समपूरक अनुदानबाट ६० लाख आय प्राप्त हुने मेचीनगर नगरपालिकाको अनुमान छ ।

नगरको नीति तथा कार्यक्रममा सहरी विकास सम्बन्धी योजनालाई प्राथमिकतामा राखिएको बताए । वातावरणमैत्री र ऊर्जा प्रभावकारी प्रवर्धन भवनका लागि सुलभ व्याजदरको घर कर्जा उपलब्ध गराउन आवश्यक पहल गरिने बताइएको छ ।

आपतकालीन सेवा प्रवाहमा सहजता ल्याउन र डिजिटल डेलिभरी सेवा विस्तारमा सहयोग पुर्याउन नगरपालिका क्षेत्रभित्रका घर तथा बाटोको नामाकरण गरी जीआइएस प्रणालीमा आवद्ध गरिने नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा उल्लेख छ ।

सार्वजनिक जग्गा र ऐलानी जग्गा पहिचान गरी सोको लगत राखिने र तथ्यांकको आधारमा नीति बनाउने कार्य सोही आ.व.मा कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले यसपटकको नीति तथा कार्यक्रममा नगरका कुनै पनि जग्गा बाँझो राख्न नपाइने बताए । उनका अनुसार खेती योग्य जग्गाहरु खाली राख्न पाइदैन । बाँझो राखेको भेटिए दण्ड जरिवाना गर्ने गरी यसपटकको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

गत वर्षको बजेट भन्दा यसपटकको बजेटको भोलियम घटेर आएको छ । चालु आ.व. २०८२÷८३ मा नगरपालिकाले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँको बजेट ल्याएको थियो ।

पछिल्लो समाचार

प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर

अघिल्लो समाचार

मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर

Related Posts

पानीका विषयमा विद्यार्थीसँग काँकरभिट्टा खानेपानीको प्रश्नोत्तर
banner

पानीका विषयमा विद्यार्थीसँग काँकरभिट्टा खानेपानीको प्रश्नोत्तर

असार १२, २०८३, १२:०८ .शुक्रबार
मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर
banner -1

मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर

असार १२, २०८३, ९:४५ .शुक्रबार
प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर
banner

प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर

असार १०, २०८३, १:५१ .बुधबार
विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना
box -2

विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना

असार ८, २०८३, १२:३४ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.