१० असार २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर

असार १०, २०८३, १:५१ .बुधबार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, १० असार । बाहुनडाँगीका हात्ती पीडित जनताले हस्ताक्षरसहितको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी झापाका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको छ ।

बुधबार बाच्न दे सरकार भनेर गाउँमा संकलन गरिएको हस्ताक्षरसहितको ज्ञापनपत्र हात्ती पीडितहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यालयमा पुग्ने गरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाइएको हो ।

हस्ताक्षर संकलन अभियानका संयोजक सन्तोष सुवेदीको नेतृत्वमा विहान १० वजे चन्द्रगढी स्थित जिल्ला प्रशासन कार्यालय गएको टोलीले सीडीओ गेलाललाई ४ सुत्रीय माग राखेर ज्ञापनपत्र बुझाएको थियो ।

संयोजक सुवेदीले मेचीनगर–१, २, ३ र ४ का वडाबासीहरु हात्तीबाट दिनहुँ पीडित रहेका छन् । हात्तीले किसानले बर्षभरी मिहिनेत गरेको अन्नबाली खाइदिने, नष्ट गरिदिने र ज्यानै समेत लिने गरेपछि आजीत भएका स्थानीयले बाच्न दे सरकार भन्दै जीवन रक्षाको माग गर्दै हस्ताक्षर संकलन गरिएको संयोजक सुवेदीको भनाई छ ।

उनका अनुसार ४ सुत्रीय मागहरुमा पहिलो, मानव वस्तीमा भारतबाट आउने जंगली हात्तीहरु यता प्रवेश गरी आतंक फैलाएकोमा उतैबाट रोकियोस् । दोस्रो, भारतबाट आउने हात्तीलाई रवरको गोली प्रयोग गरेर उतै फक्र्राउन अनुरोध गरिएको छ ।

तेस्रो, पूर्वको मेची किनारदेखि कोशी टापुसम्मको कोरिडोरको अवधारणा अव्यवहारिक जैविग मानवता विरुद्ध छ । पूर्वको बाहुनडाँगीदेखि राजमार्ग उत्तरका बासिन्दालाई भविष्यमा जंगली जनावरहरुको आतंकबाट उजाड बनाउने सो परियोजना तत्काल बन्द गरियोस् ।

र अन्तिम चौंथो जंगली जनावरबाट मानिसको घर भत्किएको, मान्छे मारेको, बालीनाली नष्ट गरेको घटनाहरुलाई किमार्थ पर्यटन प्रवर्धनको नाममा हुने क्रियाकलाप तत्काल बन्द गरियोस् भन्ने माग रहेको छ ।

संयोजक सुवेदीले ४ सुत्रीय माग तत्काल सम्बोधन नभएमा हात्ती पीडित नागरिकहरु चरणबद्ध आन्दोलनमा उत्रिनुको विकल्प नरहेको जानकारी दिए ।

सुवेदीले सीडीओ गेलाललाई ज्ञापनपत्र बाचन गरेर सुनाएका थिए । त्यसको सहजीकरण रमेश दाहालले गरेका थिए । उक्त्त ज्ञापनपत्र ७८ वर्षीय हात्ती पीडित किसान रणबहादुर अधिकारी र नावालक सिम्रिक चौधरीले सीडीओलाई दिएका थिए ।

पीडित अधिकारीले सीडीओलाई भने–‘राहत होइन, हात्ती नियन्त्रण गर्न पर्यो । त्यति भए पुग्छ ।’ यता नावालक चौधरीले सीडीओलाई राति विद्युत लाइन जाने भएकाले पढ्न दे सरकार भनेका थिए । उनले सीडीओलाई त्यति मात्रै भनेन् हात्ती आउँछ बाच्न दे सरकार भन्न समेत भ्याए ।

सीडीओ गेलालले १२ हजार हस्ताक्षरसहितको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा चाँडै पुग्ने बताए । उनले भर्खरै हात्तीबाट पद्मा पौडेलको मृत्यु भएको स्मरण समेत गराउँदै भने –‘झापा–१ का सांसद र सरोकारवालाहरुसँग बसेर छलफल गर्छौं ।’
ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाई पनि रहेका थिए । प्रसाईलाई सीडीओ गेलालले कार्यकक्षमा नै हस्ताक्षरसहित ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय पठाउन निर्देशन दिएका थिए ।

ज्ञापनपत्र बुझाउने टोलीमा संयोजक सुवेदी, समाजसेवी एवम् विभिन्न दलका नेताहरु निलकण्ठ तिवारी, हरिप्रसाद उप्रेती, सनत अधिकारी, हेमलाल गुरागाई, रवि नेपाल, तीर्थ नेपाल, न्युटन कार्की, सागर कार्की, रमेश दाहाल, कौशल उप्रेती, राजेश थापा, सम्भु कार्की, निरज साम्पाङ राई, रामु सापकोटा, रजत कार्की (इरेन), कौशल चौहान, झलक भुजेल, प्रसान्त कोइराला, शंकर लुईटेल, विकास प्रधान, पीडित किसान रणबहादुर अधिकारी, नावालक सिम्रिक चौधरी लगायत रहेका थिए ।

पछिल्लो समाचार

विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना

Related Posts

विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना
box -2

विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना

असार ८, २०८३, १२:३४ .सोमवार
झापामा ´डाउन सिन्ड्रोम सोसाइटी` गठन, अध्यक्षमा खड्का
banner -2

झापामा ´डाउन सिन्ड्रोम सोसाइटी` गठन, अध्यक्षमा खड्का

असार ८, २०८३, ५:५४ .सोमवार
बाहुनडाँगीका स्थानीय भन्छन्-´सरकार हात्तीलाई रवरकाे गाेली हान`
banner -1

बाहुनडाँगीका स्थानीय भन्छन्-´सरकार हात्तीलाई रवरकाे गाेली हान`

असार ८, २०८३, ३:१२ .सोमवार
रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू
box -1

रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू

असार ७, २०८३, ५:०० .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.