भद्रपुर, १६ माघ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिकका गुनासाको सम्बोधन गरिने बताएका छन् ।
गृहमन्त्रालयबाट प्रजिअको जिम्मेवारी सम्हाल्न झापा आएका उनले आज आफ्नै कार्यालयमा पत्रकारहरुसँग अन्तरक्रियात्मक भेटघाट गरे ।
‘आम नागरिकका गुनासोलाई सम्बोधन गर्नेछु,’ उनले भने–‘राम्रो सरकार हाम्रो प्राथमिकता हो ।’
पत्रकारहरुका लागि सूचना प्रवाहलाई अझ सहज बनाउने र सञ्चारमाध्यमहरुमा आएका जानकारीलाई आधार मानेर समस्या समाधानका लागि अग्रसर हुने उनले प्रतिबद्धता व्यक्त गरे ।
सोहि अवसरमा सहायक प्रमुख जिल्ला अधिकारीहरु विश्वराज नेपाल र रुद्र न्यौपानेको पनि सहभागिता थियो ।
यसअघि झापामा प्रजिअ रहेका छविराज रिजाल तनहुँ जिल्ला प्रशासन कार्यालयमा सरुवा भएका थिए ।
Discussion about this post