मेचीनगर, ४ बैशाख । मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनको सिमसार क्षेत्रमा हात्ती मृत अवस्थामा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक रोहित शर्माले कालिका सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिए ।
उनका अनुसार २ दिनअघि नै दुईटै दाह निकालिएको अवस्थामा हात्ती मृत फेला परेको छ । हात्तीको भोलि पोष्टमाटम गर्ने र आज राति वन कार्यालयका कर्मचारी तथा प्रहरी जंगलमा मृत हात्ती रुङगेर बस्ने शर्माले बताए ।
हात्ती संरक्षण क्षेत्रमा सक्रिय समाजसेवी शंकर लुइटेलले अन्दाजी ४५ वर्ष उमेरको भाले हात्ती करिव ४० घण्टाअघि मरेको जस्तो देखिने अनुमान गरेका छन् ।
अर्का वन्यजन्तु संरक्षणकर्मी देबेन्द्र खरेलले फेदैदेखि दुईटै दाह काटेको जस्तो देखिने हात्तीलाई आरीवाला हतियार प्रयोग भएको हुन सक्ने दावी गरे ।
Discussion about this post