
मेचीनगर, ९ माघ । झापा क्षेत्र नंं.१ मा यसपटक मतदाता बढेका छन् ।
२०८२ साल फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको चुनावमा झापा–१ का एक लाख ३१ हजार ६७ जना मतदाताले भोट हाल्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ ।
जस्मा पुरूष ६५ हजार ८५८ र महिला ६५ हजार २०९ रहेका छन् । तीन वर्षअघि २०७९ सालको प्रतिनिधि सभा सदस्यमा झापा–१ का एक लाख २० हजार ३७५ जना मतदाता रहेको कार्यालयको भनाई छ ।
त्यसबेला ६० हजार १३८ पुरूष र ६० हजार २३७ जना महिला मतदाता रहेका थिए । यसपटक १० हजार ६९२ जना मतदाताको संख्या बढेको छ ।
११ वटा मतदान केन्द्र थपियो
यसपटक मतदान स्थल ४५ र मतदान केन्द्र १४५ वटा रहेको छ । यसअघि मतदान स्थल ४५ र मतदान केन्द्र १३४ वटा मात्र रहेको थियो । यसपटक ११ वटा मतदान केन्द्र थपिएको कार्यालयले जनायो ।
झापामा ७ लाख १३ हजारबढी मतदाता
झापाको पाँच वटै निर्वाचन क्षेत्रमा जम्मा सात लाख १३ हजार ५३७ जना मतदाता रहेका छन् । यसअघि ६ लाख ६३ हजार ३११ जना मतदाता थिए ।
यसैगरी झापा–२ मा एक लाख ४७ हजार ५२२ जना, झापा–३ मा एक लाख ४० हजार ८५७ जना, झापा–४ मा एक लाख ३० हजार ७१२ जना र झापा–५ मा एक लाख ६३ हजार ३७९ जना रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।




Discussion about this post