झापा, ७ माघ । अब बीएण्डसीमा सुविधा सम्पन्न टेक्नोलोजी सहितको ‘डर्मटोलोजी’ सेवा सुरू गरिएको छ ।
पूर्वकाे मुख्य शहर बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले आधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा ल्याएको हो ।
पूर्वमै पहिलो पटक छाला सम्बन्धी राेग भएका विरामीकाे सहजताका लागि थप सेवा दिने भएको छ ।
बुधबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरेर छाला, कपाल, नङ र म्यूकोसल डिसअर्डस लगायतका विरामीकाे उपचार र रोकथाम गर्न याे सेवा सुरू गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।
´गत छ महिनादेखि याे सेवा सञ्चालन गरिएको हाे` गिरीले भने- ´थप नयाँ र अत्याधुनिक उपकरणबाट गत महिनादेखि मात्र सेवा दिन थालेका हाैं ।`
उक्त सेवा स्वास्थ्य बीमाबाट पनि गर्न सकिने उनकाे भनाई छ । याे खालकाे समस्या लिएर उपचार गर्न अस्पतालमा दिनहुँ सय जना भन्दा बढी आउने गरेकाछन् ।
डा.अनिल तिम्सिना सहितको टोलीले अस्पताल परिसरकै छुट्टै भवनबाट उक्त सेवा प्रदान गरिरहेका छन् ।
भारत तथा नेपालका विभिन्न अन्य शहर जानु पर्ने बाध्यता हटेको छ । गिरीका अनुसार अव बिर्तामोडबाटै उक्त सेवा लिन सकिने छ ।




Discussion about this post