मेचीनगर, २७ जेठ । मेचीनगर नगरपालिकाकाे न्यायिक समितिले आजदेखि चार दिनसम्म विद्यार्थीहरूलाई कानुनी सचेतना दिन सुरू गरेकाे छ ।
नगरपालिकाकाेसभा हलमा बुधबारबाट सुरू भएको कार्यक्रमकाे उद्घाटन नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी गरेका थिए ।
समुदायमा कानुनी सचेतना तथा न्यायिक समितिकाे भूमिका सम्बन्धि ४ दिने तालिम सुरू भएको हाे ।
न्यायिक समितिले नगरका १७ वटा सामुदायिक विद्यालयका कक्षा ९ र १० का ६८ जना छात्र र छात्रा विद्यार्थीलाई कानुन सम्बन्धि सचेतना दिइरहेको छ ।
तालिममा प्रशिक्षकका रूपमा अधिवक्ता टिकामाया लामिछाने र लेखनाथ न्याैपाने रहेका छन् । तालिम शनिबार समािन हुनेछ ।
कार्यक्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीले विद्यार्थीहरूलाई स्कुल लेवलमा नै कानुन सम्बन्धि विभिन्न जानकारी दिनसके भविष्यमा यस्ताे तालिमले सहजता हुनेमा जाेड दिएका थिए ।
कार्यक्रमकाे अध्यक्षता उपप्रमुख एवम् न्यायिक समिति संयाेजक उप्रेतीले गरेकी छन् ।
न्यायिक समिति सदस्य हरिनारायण न्याैपानेले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन अर्का न्यायिक समिति सदस्य कुन्दन निराैलाले गरेकाे न्यायिक समितकी अधिकृत इन्दिरा खरेलले जानकारी दिइन् ।




Discussion about this post