१८ श्रावण २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

क्षेत्रिय ‘क’ सम्मेलन हुने

अतिथिलाई फुल र घडाले स्वागत गर्न चारआली जेसीजको अनुरोध

साउन १७, २०८३, १०:०६ .आइतवार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ साउन । चारआली जेसीजको आयोजनामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन हुने भएको छ ।

आगामी असोज ९ र १० गते चारआली जेसीजको आतिथ्यमा चारआलीमा क्षेत्रिय ‘क’ सम्मेलन हुने भएको हो ।

चारआली जेसीजले शनिबार सम्मेलनको तयारी, उद्देश्य, कार्यक्रम र अनमानित लाग्ने बजेटका विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

सम्मेलन निर्देशक उत्तमप्रसाद पकुवालले असोज ९ र १० गते क्षेत्र ‘क’ अन्तरगतका ४८ वटा जेसीज शाखा र करिव एक हजार युवाको सहभागितामा सम्मेलन गरिने जानकारी गराए । उक्त सम्मेलनले युवाको नेतृत्व विकास, उद्यमशीलता, सामाजिक उत्तरदायित्व, स्थानीय पर्यटन प्रवद्र्धन र व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्मेलनको राष्ट्रिय नारा एम्स, एक्ट र एचिभ रहनेछ । सम्मेलन अन्तरगत अन्तरशाखा वक्तृत्वकला प्रतियोगिता, ‘प्रोजेक्ट संकल्प’ विषयक सेमिनार, सांस्कृतिक कार्यक्रम तथा स्थानीय उत्पादन र झाँकीहरुको प्रदर्शनी लगायतका कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाई छ ।

सम्मेलनका लागि ४० लाख रुपैयाँको अनुमानित बजेट तय गरिएको छ । बजेटमध्ये १३ लाख रुपैयाँ दर्ता शुल्कबाट, ५ लाख संघीय तथा प्रदेश सरकारबाट, १० लाख स्थानीय सरकारहरुबाट र १२ लाख प्रायोजक तथा सहयोगी संस्थाबाट जुटाइने लक्ष्य राखिएको छ ।

त्यस्तै खर्चतर्फ अतिथि सत्कार तथा भोजनमा १२ लाख, प्रविधि तथा अडियो–भिजुअल व्यवस्थापनमा ६ लाख, भौतिक पूर्वाधारमा ४ लाख ५० हजार, प्रचार–प्रसारमा ३ लाख, मायाको चिनो तथा सम्मानमा ३ लाख, प्रशिक्षण तथा वक्ता व्यवस्थापनमा ३ लाख ५० हजार, सुरक्षा तथा स्वयमसेवक व्यवस्थापनमा ३ लाख, सांस्कृतिक कार्यक्रमका लागि २ लाख र विविध प्रशासनिक खर्चमा ३ लाख रुपैयाँ राखिएको छ ।

पत्रकार सम्मेलनकी प्रमुख अतिथि कोशी प्रदेश सांसद सबिना बजगाईले आफ्नै क्षेत्र र घर आगनमा हुन लागेको सम्मेलनमा मैले सक्ने सहयोग रहने बताइन् । उनले युवाको नेतृत्व विकास र सामाजिक रूपान्तरणमा जेसीजको भूमिका महत्वपूर्ण रहेको दावी गरिन् ।

कार्यक्रममा नेपाल जेसीजका केन्द्रीय कार्यकारिणी उपाध्यक्ष योगेश राजबंशी, चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णु रिमाल, धुलाबारी जेसीजका पूर्व अध्यक्ष विपुल श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका महासचिव ध्रुव कनाल लगायतले सम्मेलन भव्य रुपमा सफल पार्न सबै क्षेत्रबाट साथ र सहयोगको आवश्यक रहेको बताए ।

चारआली जेसीजका अध्यक्ष सञ्जय निरौलाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सचिवालयको उद्घाटन र लोगो समेत सार्वजनिक गरिएको थियो । कार्यक्रमको सञ्चालन चारआली जेसीजका पूर्व अध्यक्ष बिरु वेघाले र जेसिज आस्थावाचन उत्सव भट्टराईले गरेका थिए ।

चारआली जेसीजका अध्यक्ष निरौलाले यो सम्मेलन चारआलीका लागि एतिहासिक भएकाले प्रत्येक घर र पसलका नागरिकहरुले सम्मेलनका दिन आफ्नो स्थानमा पाहुनालाई फुल र घडाले स्वागतसहित साँझ दिपावाली गरेर झिलिमिलि पार्न अनुरोध गरेका छन् ।

त्यस्तै अपठ्यारो परेका अतिथिहरुलाई घर र पसलका स्थानीय नागरिकहरुले शौचालय प्रयोग गर्न दिनसमेत अध्यक्ष निरौलाले आग्रह गरे ।

 

 

पछिल्लो समाचार

बजारमा ग्यासकाे हाहाकार : सीडीओ र ग्यास उद्योगी भन्छन्-´ अभाव छैन्, अनुगमन गर्छाै`

Related Posts

बजारमा ग्यासकाे हाहाकार : सीडीओ र ग्यास उद्योगी भन्छन्-´ अभाव छैन्, अनुगमन गर्छाै`
banner -1

बजारमा ग्यासकाे हाहाकार : सीडीओ र ग्यास उद्योगी भन्छन्-´ अभाव छैन्, अनुगमन गर्छाै`

साउन १६, २०८३, २:२९ .शनिबार
खवर

Надежные казино онлайн 2026 года – играйте без рисков и с максимальной отдачей

साउन १४, २०८३, १:१० .बिहिबार
खवर

Гама казино онлайн – Gama Casino Online

साउन १४, २०८३, १:१० .बिहिबार
खवर

4rabet online – casino games and betting options available

साउन १४, २०८३, १:१० .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.