६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पारामाउन्ट अस्पतालमा बन्धक बनेका शिशुको उद्धार

साउन २५, २०७८, ८:४९ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
आमा शर्मिला चौधरी।

झापा, २५ साउन । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ ।

आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो ।

शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि हस्पिटलले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो ।

अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतवार राति नै थप उपचारका लागि विर्तामोडको बीएन्डसी हस्पिटलमा भर्ना गरिएको छ । बिर्तामोडका केही निजी हस्पिटलले बच्चालाई राख्ने आइसीयु कक्ष नभएको भन्दै शिशुलाई फर्काइदिएपछि बीएन्डसी हस्पिटल लगिएको थियो ।

सिलिगुडीको हस्पिटलले उपचारमा लागेको ६ लाख ८ सय भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो । हस्पिटलले उपचारमा ४ लाख ६८ हजार र औषधितर्फ १ लाख ३२ हजार ८ सय बिल देखाएको छ ।

शिशुकी आमा शर्मिला चौधरीले पारामाउन्ट हस्पिटलमा अहिलेसम्म २ लाख ८८ हजार बुझाइसकेको बताइन् । अब सो हस्पिटललाई तीन लाख १२ हजार बुझाउन बाँकी छ ।

‘चौधरी परिवारको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा छुट गरेर बच्चा फिर्ता दिन धेरै आग्रह गर्यौं, तर हस्पिटलले मानेन,’ शिशुफिर्ता गराउन रकम तिर्ने कागजमा सही गरेका पत्रकार मोहन काजीले भने–‘अरु केही उपाय नलागेपछि १५ दिनभित्र रकम बुझाउने कबुलियतनामामा सही गरेर शिशुको उद्धार गरेका छौं ।’

उपचारको रकम असुल्न आमाबुवालाई घर पठाएर चार महिनाको शिशुलाई बन्धक बनाएर दैनिक बिल बढाउने अमानवीय कार्य सो हस्पिटलले गरेको पत्रकार काजीले बताए । हस्पिटलका वरिष्ठ व्यवस्थापक पिन्टु रुस्तागीले तोकिएको समयमै बक्यौता नबुझाएमा घरसम्मै रकम असुल्न आउने चेतावनी दिदै नागरिकता प्रमाणपत्रको प्रतिलिपी समेत राखेको उनले बताए ।

हस्पिटलले बच्चा फिर्ता दिदा अक्सिजन सपोर्टमै राखिएको थियो । शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएको कारण बच्चाको अवस्था अझै पनि गम्भीर छ ।

गरीवीका कारण नेपालमा भइरहेको उपचारको खर्च समेत व्यहोर्न सक्ने चौधरी परिवारसँग आर्थिक क्षमता छैन । आइतवार शिशु बन्धक बनेको समाचार प्रकाशित भएको थियो । शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दाताहरुसँग अपिल गरेकी छन् ।

भारत जानु अघि नेपालको विभिन्न हस्पिटलमा शिशुको उपचार गराउँदा ५० हजार खर्च भएको उनले बताइन् । हस्पिटलमा अहिलेसम्म परिवारले बुझाएको २ लाख ८८ हजारमध्ये ५४ हजार चन्दा संकलनबाट जुटेको र बाँकी रकम परिवारले ऋण काढेर ल्याएको हो ।

(रासस)

पछिल्लो समाचार

चार महिनाको शिशुलाई भारतीय अस्पतालले बन्धक बनायो : शर्मिला चौधरी

अघिल्लो समाचार

पत्रकार सिग्देलको आयो दोस्रो पुस्तक ‘मनको कैदी’

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In