७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चार महिनाको शिशुलाई भारतीय अस्पतालले बन्धक बनायो : शर्मिला चौधरी

साउन २५, २०७८, ८:४६ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
864402094

झापा, २४ साउन । उपचार खर्च तिर्न नसक्दा भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम) ले मेचीनगर नगरपालिका वडा नंं १० खयरडाँगीको चार महिनाको शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ ।

आन्द्रा दोब्रिएर विरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई रुँघेर बसेकी आमा शर्मिला चौधरी र वुवा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दवाव दिएर घर फर्काइदिएको छ ।

सो शिशुलाई उपचारका लागि साउन १५ गते सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको शिशुकाबुवा सनम चौधरीले बताए । हस्पिटलले उपचारमा भारतीय एक लाख लागेको बताएपछि चार दिन अघि शुल्क बुझाउन दवाव दिएको थियो ।

खोलामा ढुङ्गागिटी चालेर जसोतसो हातमुख जोड्दै आएको चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयले चन्दा उठाएर दिएको ५४ हजार लगेर बुझाएका थिए । अरु रकम बुझाउन नसकेको भन्दै शिशुको आमालाई हस्पिटलमा राखेर परिवारका अरु सदस्यहरुलाई पैसा खोज्न पठाएको थियो ।

ऋण खोजेर थप एक लाख १५ हजार शनिवार लगेर बुझाउँदा हस्पिटल प्रशासनले बिल बढेको भन्दै अरु भारतीय ५० हजार नल्याएसम्म बच्चा लैजान नदिने भनेको शिशुकी आमा शर्मिला चौधरीले बताइन् । हस्पिटलले शनिवार शिशुलाई मात्र हस्पिटलमा राखेर शिशुकी आमालाई समेत पैसा खोज्न नेपाल फर्काइदिएको छ । हाल शिशु हस्पिटलमा एक्लै छ ।

‘अहिले हस्पिटलमा चार महिनाको छोरो कसरी एक्लै आमाबेगर बसिरहेको होला ? सुरुमा एक लाख भारु ल्याउनु भन्यो, दुईपल्ट गरेर बुझाएकै थियौँ,’ शिशुकी आमा शर्मिला रुँदैरुँदै भन्छिन–‘फेरि पचार हजार भारु ल्याउनु भन्छ, कहाँबाट ल्याउनु, मेरो छोरालाई ल्याउन सहयोग गरिदिनुहोस् ।’

कोरोना महामारीले झापामा निषेधाज्ञा जारी भएका कारण चन्दा उठाउने अभियान सञ्चालन गर्न नसकिएको जनाउँदै चौधरी परिवारका छिमेकी युवा वीपी भट्टराईले छरछिमेकीसँग हारगुहार गरेर ५४ हजार चन्दा संकलन गरिएको बताए ।
‘स्थानीय निन्दा खोलामा ढुङ्गागिटी चालेर परिवार पाल्दै आएको सो परिवारसँग हस्पिटलको बिल भुक्तानी गर्ने आर्थिक क्षमता छैन,’ उनले भनिन–‘बच्चा नै बन्धक राखेर आमाबुवालाई घर पठाइदिएर हस्पिटलले गरेको अमानवीय हर्कतले चिन्तित तुल्याएको छ ।’

चार महिनाको सो शिशुलाई पेट फुल्ने समस्या देखा परेपछि सुरुमा मेचीनगरकै शिखर हस्पिटलमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विर्तामोडको अञ्जलि हस्पिटल पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानका चिकित्सकहरुले आन्दा दोब्रिएर पेट फुलेको जनाउँदै तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसबेला धरानमा चिकित्सकहरुको आन्दोलन चर्किरहेको हुँदा त्यहाँबाट अन्यत्रै लैजान भनिएको शिशुकी आमा शर्मिलाले बताएकी छन् ।

नेपालका अस्पताल डुलाउँदा डुलाउँदै बच्चाको स्वास्थ्य अवस्था नाजुक भएपछि बाध्य भएर भारतको सिलिगुडी पुर्याउनु परेको उनले बताइन् ।

‘नेपालको अस्पताल डुलाउँदा डुलाउँदै घरको र ऋण खोेजेको पैसा सिद्धियो,’ शर्मिलाले चिन्तित हुँदै भनिन्–‘सिलिगुडीको अस्पतालमा एक लाख भारु तिरिसकेका छौं । अझै ५० हजार भारु ल्याऊ भन्छ । मेरो बच्चा अस्पतालमै बन्धक राखेर मलाई घर पठाइदियो । अब म के गरुँ ?’

(रासस)

 

पछिल्लो समाचार

मेचीनगरमा आइतबार आठसय बढीले लगाए जोन्सन खोप

अघिल्लो समाचार

पारामाउन्ट अस्पतालमा बन्धक बनेका शिशुको उद्धार

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.