



झापा, १८ जेठ । महिला जनचेतना केन्द्रले आयोजना गरेकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविमा अध्ययनरत छात्रा आरती दाहाल प्रथम भएकी छन् ।
केन्द्रले साेमबार बिर्तामोडकाे हाेटल सिदार्थमा आयोजना गरेकाे बाल विवाह तथा कम उमेरमा हुने विवाह न्युनिकरण परियोजा अन्तर्गत झापा जिल्लास्तरीय कार्यशाला, गोष्ठी तथा चित्रकला प्रतियोगितामा दाहाल प्रथम भएकी हुन् ।
त्यस्तै प्रतियोगितामा मनकामना कलेजमा अध्ययनरत छात्रा शिखा गौतम द्वितीय र एभरेष्ट स्मार्ट स्कुलमा अध्ययनरत छात्रअनमोल कार्की तृतीय भएका थिए ।
महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि कोशी प्रदेश सरकारका पूर्वमन्त्री एकराज कार्की रहेका थिए ।
प्रमुख अतिथि कार्कीले बाल विवाह राेक्न सबैकाे उत्तिकै भूमिका रहने बताए । उनका अनुसार विद्यार्थीहरूकाे हाैशला बढाउन सचेतना सहितकाे विभिन्न कार्यक्रम गराउन आबश्यक रहेकाे छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रादेवी महतारा प्रसाई, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पाेखरेल उप्रेती, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटी, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर, जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्का, सहजकर्ताका रूपमा रहेका राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वयक सुमन अधिकारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, महिला मुक्ति अभियानकी राधा सुब्बा, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य लगायतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रममा महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले कार्यक्रमकाे उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।
महिला जनचेतना केन्द्रकी सामाजिक परिचालिका खन्जन राजबंशीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन पाथीभरा किशोरी समूहकी सचिव देशिखा शिवाकोटीले गरेकी थिइन् ।
कार्यक्रममा झापाका विभिन्न पालिकाका विद्यार्थी, शिक्षक तथा बाल सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियाे ।




Discussion about this post