झापा, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गरेका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा वाग्लेले बजेट पेश गरेका हुन् ।
रास्वपा नेतृत्वको सरकारको यो पहिलो बजेट हो, जुन रास्वपाको ‘वाचापत्र’ लाई मुख्य मार्गचित्र मानेर तयार पारिएको अर्थमन्त्री निकट स्रोतले बताएकाे छ ।
राष्ट्रिय स्रोत अनुमान समितिले दिएको १८ खर्ब ९० अर्बको सुरूवाती सीमा (सिलिङ) दिएको थियो ।
तर, आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री वाग्लेले उक्त आकारको बजेट रहेकाे बताएका हुन् ।
पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए । त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् ।
अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् । जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।




Discussion about this post