

काँकरभिट्टा, १४ जेठ । महिला जनचेतना केन्द्रले स्थापना दिवसकाे अवसरमा सात जनालाई सम्मान गरेकाे छ ।
मेचीनगर-६, काँकरभिट्टा स्थित साे केन्द्रले विहीबार आफ्नो २३औँ स्थापना दिवसको अवसरमा संस्थाको स्थापना कालदेखि सहयोग गर्दै आएका ७ जनालाई प्रशंसा पत्रसहित सम्मान गरेकाे हाे ।
सम्मानित हुनेहरूमा डिल्ली राम श्रेष्ठ, लक्ष्मण अधिकारी, माेहन भट्टराई, माया बाँस्ताेला, हेमलाल सुवेदी, प्राेविन प्रधान र रूकमणि प्रधान रहेका छन् ।
महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रकी सचिव भुवन सुब्बा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
केन्द्रकी संस्थापक अध्यक्ष एवम् वर्तमान कार्यकारी निर्देशक राधा प्रधान कार्कीले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
केन्द्रकी सहसचिव रीता प्रधानले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सदस्य रेजीना श्रेष्ठले गरेकी थिइन् ।




Discussion about this post