




बाहुनडाँगी, १२ जेठ । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक विद्यालयका २५ सय विद्यार्थीलाई लागूऔषधबाट टाडै रहन सचेतना दिएकाे छ ।
नगरपालिकाले स्थानीय सामाजिक संस्था सामुदायिक विकास मञ्चकाे सहकार्यमा साे विद्यालयका विद्यार्थीहरूलाई लागूऔषध राेकथामका लागि १८ दिने अभियान सञ्चालन गरेकाे थियाे ।
मञ्चका अध्यक्ष साेमराज ढकाल, सहजकर्ताका रूपमा सामाजिक अभियन्ता गोविन्द न्यौपाने, दीपक ढकाल, रिचमण्ड फेलोसीप मोरंगका कर्मचारी रोशन दाहाल रहेका थिए ।
मंगलबार मेचीनगर-४ काे पशुपति माविमा विद्यार्थी लक्षित विद्यालयमा लागूऔषध नियन्त्रण तथा प्रभाव सम्बन्धी अभिमुखिकरणकाे समापन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले खुल्ला बाेर्डरका कारण मेचीनगरमा लागूऔषधकाे अवस्था जर्जर रहेकाे बताए ।
टिएनजका विद्यार्थी युवा-युवतीहरू साथि र अन्य व्यक्तिहरूकाे लहै-लहैमा लाग्ने र फस्ने भएकोले बेलैमा सचेत बन्न उनले अनुराेध गरेका थिए ।
वडा अध्यक्ष एवम् साे विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अर्जुनकुमार कार्कीले विगतमा यहाँकै बालबालिकाहरू कुलतमा फसेकाे उदाहरण दिएका थिए ।
उनकै अध्यक्षतामा समापन कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख एवम् उपसचिव हाेमनाथ भण्डारी, पशुपति माविका प्रधानाध्यापक गणेश प्रधान लगायतले लागू पदार्थकाे बेलैमा राेकथाम गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताएका छन् ।
समापन कार्यक्रममा उपप्रमुख मीना पाेखरेल उप्रेती, विद्यालय व्यवस्थापन समितका पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।
मञ्चका अध्यक्ष ढकालले नगरभित्र रहेका १७ वटा सामुदायिक विद्यालयका कक्षा-९ र १० का करिव २५ सय विद्यार्थीहरुलाई लागूऔषध रोकथाम र यसको प्रभाव सम्बन्धी अभिमुखिकरण दिएकाे जानकारी दिए ।
नगरपालिकाको सामाजिक विकास शाखा अन्तरगत आयोजना भएको सो अभियान गत वैशाख २२ गतेदेखि ईटाभट्टाकाे आदर्श माविबाट सुरू गरिएकाे थियाे ।
अभियानले विद्यार्थीहरुलाई बातावरण मैत्री बनाउन इको क्लब समेत ति विद्यालयहरुमा गठन गरिएको छ ।
अभियान सञ्चालन गर्न स्थानीय प्रहरी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक लगायतकाे पनि सहयाेग रहेकाे थियाे ।




Discussion about this post