झापा, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाकाे वैठकमा जवाफ दिएका छन् ।
दिउँसो १ बजेदेखि सुरु हुने भनिएको बैठक केही ढिलोगरी सुरु भएको थियो ।
दिउँसो वैठक सुरु हुनासाथ प्रधानमन्त्री शाहले आसनबाट उठेर आजको बैठकमा आफूले सांसद्का प्रश्नको जवाफ दिन चाहेको बताएका थिए ।
त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्न विपक्षी दलका सांसद्हरूलाई समय दिएका थिए ।
प्रधानमन्त्री शाहले सांसदकाे जवाफ दिँदै नेपालले पनि भारतकाे जग्गा मिचेकाे दावी गरेका थिए । त्यस्तै, लिपुलेक, लिम्पियाधुरा बारे हामीले कुटनीतिक नाेट पठाएकाे उनले बताए ।
उनका अनुसार मानवअधिकार आयोग लगायतका प्रतिवेदनहरू अध्ययन गरेर कारवाही गरिने छ ।
सुकुम्बासीका विषयमा जवाफ दिँदै उनले भने-´३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखाेजाैं ।`
प्रश्नकाे जवाफ दिने वित्तकै संसदबाट बाहिरिएका थिए ।
विपक्षी दलले सीमाका विषयमा चर्काे आलाेचना गरेका छन् ।
नेपाली कांग्रेस लगायतका दलले नेपालले भारतकाे कुन सीमा मिचेकाे छ, स्पष्ट खुलाउन माग गरेका छन् ।
यसअघि संसदमा बाेल्न नचाहेका प्रधानमन्त्री शाहले आज संसदमा प्रश्नकाे जवाफ दिएका थिए ।




Discussion about this post